क्रिकेटका लागि पूर्वाधारको अवस्था जर्जर छ ः शक्ति गौचन
शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित

बेद प्रकाश गुप्ता

बर्दिया,मंसिर १७

बर्दिया प्रिमियर लिग २०७८ गुलरियाको कर्भड हलमा मंसिर १३ गते शुरु भएको छ । जिल्लाको ठूलो राशीको क्रिक्रेटको खेलको प्रतिस्पर्धामा ८ वटा टिम सहभागी छन् । त्यस मध्य दुई वटा जिल्लाको टिम सहभागीता छ भने अन्य बाहिरी जिल्लाको टिमले कर्भड हल मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।

गुलरियामा नयाँ शिरा युवा क्लबको आयोजनामा भईरहेको खेल क्लबका अध्यक्ष प्रमोद चन्दको बुवा बिर बहादुर चन्दको स्मृतिमा खेल आयोजना भएको हो । शक्ति गौचनले खेल जीवनबाट सन्यास लिएका हुन । यस अघि जुलाई २०१८ देखि उनले अन्तर्राष्टिय क्रिकेटबाट सन्यास लिएका थिए ।

अगामी दिन क्रिकेट खेलाडी र क्रिकेटको भविष्यमा खर्चिने उनको भनाई छ । गौचन अन्तर्राष्ट्रिय जगतमा समेत चर्चित रहेको नेपाली यूवा क्रिकेटर शक्ति गौचनमा खेल जगतमा रहेका यूवाको भविष्य र नेपाली क्रिकेटरको अनुभवका विषयमा केन्द्रित भएर फरक समाचार संबाददाता गुप्ताले गौचनसँग संक्षिप्त गरेको कुराकानी ।

बर्दियामा क्रिकेटर यूवाको भविष्य के कस्तो छ ?

बर्दियामा भन्दा पनि नेपालकै क्रिकेटरको भविष्य धेरै नै राम्रो छ । नेपाल एउटा ओडिआई स्टाटस भएको देश हो । नेपालमा पूर्वाधारहरुको कमि छ । भौतिक पूर्वाधार भई दिएको भए बर्दियामा मात्र नभई अधिराज्य भरका क्रिकेटर युवाको भविष्य अझ राम्रो हुने थियो ।
युवा पुस्तालाई क्रिकेटमा किन आकर्षण बढेको छ ?

क्रिकेट ग्लोबलाईज भईसकेको छ । थुप्रै देशहरुमा अनलाईन लाईभ क्रिकेटहरु प्रदर्शन हुन्छ नेपालमा पनि लाईभ क्रिकेट प्रदर्शन हुन लागिसकेको छ । विभिन्न फ्रेन्चाईजीहरुको बेस भईसकेको छ ।

विभिन्न फ्रेन्चाईजी ईपिएल, बिपिएल तथा राष्ट्रिय स्तरहरुमा पनि विभिन्न प्रतियोगिताहरु भईरहेको छ । नेपालको ओडिआई स्टाटस छ, टि२०विश्वकप खेलिसकेको देश हो, जसले गर्दा एउटा एक्सपोजर क्रिएट भईसकेको छ । जसले गर्दा जुनियर क्रिकेरहरुलाई यसमा राम्रो भविष्य छ जस्तो लाग्छ । जसले गर्दा युवा पुस्तालाई क्रिकेटमा आकर्षण बढेको छ ।

क्रिकेटर खेलाडी पलायन हुन लागेको अवस्था देखिएको छ साच्चै हो र ?

पलायन त भन्न मिल्दैन । पलायन भन्दा आज भन्दा दश वर्ष पहिला त्यस्तो आवस्था थियो । जति पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु छन् सन्यास लिए पाश्चत क्रिकेट एकेडेमी, स्कुल तथा विभागिय टोलीमा कार्यरत हुनुहुन्छ । अहिलेको अवस्थामा कुनै पनि खेलाडीले खेलमा भविष्य नभएर पलायन हुने अवस्था छैन । र खेलाडीहरुले त्यस किसिमको निर्णय लिन्छन भन्ने पनि मलाई लाग्दैन ।

तपाई किन क्रिकेट खेलमा लाग्नुभयो ?

मेरो बुवा ईन्डियन अर्मी हुनुहुन्थ्यो । जसले गर्दा मेरो बाल्यकाल पनि ईन्डियामा बित्यो । ईन्डियाको प्राय जसो स्कुलमा क्रिकेटको वातावरण हुन्छ । त्यही प्रभावले गर्दा क्रिकेट प्रति मेरो आकर्षण बढेको हो । त्यस पछि नेपालमा पनि क्रिकेटको माहोलको सिर्जना भयो । यसरी मेरो क्रिकेट खेल प्रति आकर्षण बढ्दै गयो ।

बर्दिया प्रिमियर लिगमा सहभागी हुँदा कस्तो अनुभव रह्यो त ?

बर्दियालाई बर्दिया राष्ट्रिय निकुञ्जले चिनेको थिए । खेलकुदको दृष्टिले खासै नाम सुनेको थिएन । आजसम्म बर्दियाबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी भएको थाहा पाएको छैन । यस जिल्लाबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुन सके हाम्रो लागी गर्वको कुरा हुन्छ । हामीले आशा पनि लिएका छौ ।

नयाँ शिरा युवा क्लवले आयोजना गरेको क्रिकेट प्रतियोगिताले यहाँका युवाहरुको खेल प्रति आकर्षण बढ्नेछ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन नयाँ खेलाडी उत्पादन हुने विश्वास लिएको छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय