सीमावर्ती वनबाट काठ तस्करी
शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, मंसिर १७

नेपाल भारतका सीमावर्ती वनबाट फँडानी गरि काठ तस्करी भईरहेको पाईएको छ । सशस्त्र प्रहरीको टोलीले सीमावर्तीबाट तस्करी हुन थालेको काठ बरामद गरेपछि तस्करी भईरहेको खुलासा भएको हो । बुधबार राती २ लाख ८० हजार बराबरको काठ सशस्त्र प्रहरीले बरामद गरेको छ । सीमावर्ती क्षेत्र गुलरिया–१० रंगियापुरुवाबाट ३ सय ५० क्यूफिट काठ बेबारिसे अवस्थामा फेला परेको प्रेश बिज्ञप्तीमा उल्लेख छ । यसअघि नेपाल भित्राएका काठ प्रहरीले बरामद गरेको लामो सूचि छ ।

सीमावर्ती क्षेत्रमा संचालनमा रहेका समिलमा रातारात काठ ल्याउँने चिरान गरी देशका बिभिन्न शहरमा जाने गरेको स्रोतको दाबी छ । मिलिमतोमा भित्रिएका काठ बैध बनाएर नेपालको ठूला शहरसम्म लैजाने गिरोह सक्रिय रहेको छ । भारतबाट भित्राएका गोलीया बरामद गरेपछि वन डिभिजनको संरक्षण रहेका त्यस्ता समिलसम्म काठ पुग्ने गरेको छ ।

यसअघि मधुवन नगरपालिका–७ गंगावस्तीबाट प्रहरीले वेवारिसे अवस्थामा १८ क्यूफुट काठ बरामद गरेको काठ डिभिजन कार्यालयमा बुझाएको छ । यस्तै सय क्यू फिट बढी अबैध काठ नेपाल भारतको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले बरामद गरिसकेको छ ।

सीमा क्षेत्रसँग जोडिएका सामुदायिक वन र भारत तर्फको मुर्तीहा–कतरनिया जंगलमा चोरेका खयर र सिसौका काठ प्रहरी फेला पारेपछि अबैध काठलाई बैध बनाउँन गिरोह नै सक्रिय रहेको स्थानीय बताउँछन् ।

रातीको समयमा ट्याक्टर र लडिहाको प्रयोगबाट अबैध काठ समिलमा जाने गरेको उनले जानकारी दिए । उनका अनुसार एक दुई पटक बरामद गरेपनि तस्करीले निरन्तरता पाईरहेको छ ।

सीमा क्षेत्रमा दर्जनभन्दा बढि काठका मिलमा अबैध चोरीका काठ पुग्ने गरेको स्रोतका दाबी छ । स्रोतका अनुसार अबैध काठलाई समिल पु¥याएर बैध बनाउँने काम गर्ने वन कर्मचारीको मिलिमतो हुने गरेको स्रोत दाबी गर्छ । ‘मिलवालाले आवादी र लिलामको काठ किनेर बन कार्यालयबाटै स्टक थप्छन्’ स्रोतले भन्यो, ‘स्टकको आधारमा अबैध काठ बैध बनाएर पोखरा र काठमाडौं जस्ता देशका मुख्य शहरसम्म काठ लैजाने गर्छन् ।’ मुख्य गरि जमुनि, कालाबंजार, सानोश्री र गणेशपुरमा काठ तस्करी मौलाएको छ ।

विशेष सूचनाका आधारमा कालाबंजर बिओपीबाट खटिएकोे टोलीले गुलरिया रंगिपुरबाट अबैध काठ बरामद गरेको सशस्त्र एसपी नरबहादुर रावतले बताए । ‘गोप्य सूचना लुकाई छिपाई राखेको अबैध काठ बरामद भएको छ,’ एसपी रावतले भने, ‘तस्करी रोक्न जिल्लाबाटै रणनितिक योजनाबाट प्रहरी परिचालन गरिएको छ ।’

नेपाल भारतको सीमा क्षेत्र पर्ने बढैयातालको जमुनि, मधुवन नगरपालिका सीमावर्ती गाउँ र राजापुर नगरपालिका काठको तस्करी हुने मुख्य नाका हुन । प्रहरीले तथ्याकंमा नेपाल र भारतको सीमा क्षेत्रबाट अबैध काठ बरामद गरेको लामो सुचि छ । प्रहरीको गस्ती टोलीले सिसौ, सागुन र सालका अबैध काठ फेला पार्ने गरेको छ ।

फोटोक्याप्सन ःसशस्त्र प्रहरीले वरामद गरेको अबैध काठ

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय