बाँके ११ बन्यो समुह ए को बिजेता
शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर १७ (फरकसमाचार) / बर्दिया प्रिमियर लिगमा बाँके ११ समुह ए बाट बिजेता भएको छ । बिहीबारको खेलमा बाँके ११ ले स्टार क्रिकेट एकेडेमी माथि ७२ रनको जित निकालेको हो । लगातार तेस्रो जित निकालेको बाँके समूह ए को बिजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ भने ३ खेलमा २ जित निकालेको स्टार क्रिकेट एकेडेमी पनि सेमी फाइनलमा प्रवेश गरेको छ ।

गुलरियाको कबर्ड हल खेलकुद मैदानमा टस जितेर ब्याटिङ रोजेका बाँके ११ ले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउदै १ सय ४७ रन जोडेका थिए । बाँकेका सुरुवाती ब्यटर प्रनित थापा मगर र रोहन केसी बिच ४१ रनको साझेदारी भएको थियो । त्सपछि नियमित विकेट गुमाएपनि राहुल शर्मा र बिश्वास श्रेष्ठले सानदार ब्याटिङ गर्दा बाँकेले चुनौती पूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । बाँकेका प्रनितले १६ बलमा ३५ रन जोडे । उनले ४ चौका र ३ छक्का प्रहार गरे । मिडल अडर ब्यटर राहुल शर्माले १८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ४६ रनको आक्रामक पारी खेले । साथै विश्वास श्रेष्ठले १७ बलमा २३ रन जोडे ।

स्टारका लेग स्पिनर सुरज खड्काले ३ ओभरमा २३ रन खर्चिएर ४ विकेट लिए । सुरजले अमर सिंह रौटेला र सिद्धान्त साहीको विकेट हात पारेका थिए । पुरु, बाबुराम र तुल बहादुर थापाले सम्मान १÷१ विकेट लिए ।

१ सय ४८ रनको चुनौती पूर्ण लक्ष्य लिएर ब्याटिङका लागि आएको स्टारले निर्धारित १२ ओभरमा सबै विकेट गुमाउदै मात्र ७५ रन जोड्यो । स्टारले आफ्नो पहिलो ओभरकै पहिलो बलमै अनिल थापालाई शून्य रनमै गुमाएको थियो । अर्का सुरुवाती ब्यटर मनिष थापाले १५ बलमा २१ रन जोडे । साथै अमर मिश्रले २६ बलमा २० रन जोडे । अन्य ब्यटरको भने सम्झना लायक प्रदर्शन रहेन । स्टारलाई सस्तोमा रोक्न बाँकेका तिब्र गतिका बलर गौतम कनोजियाले २.५ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए । साथै राहुल शर्माले ३ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए । घातक बलिङ गरेका गौतम खेलको म्यान अफ द गौतम कनोजिया भए ।

प्रतियोगितामा कुल देशभरका ८ टिमको सहभागिता रहेको छ । जसमा २ टिम जिल्लाको र ६ टिम जिल्ला बाहिरका छन् । ८ टिमलाई २ समूहमा बिभाजन गरिएको छ । समूह ए मा बर्दिया क्रिकेट एकेडेमी, रोयल किंग्स, स्टार क्रिकेट एकेडेमी र बाँके ११ रहने छन् । साथै समूह बि मा धनगडी क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, नेशनल क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट एकेडेमी रहेका छन् । प्रत्येक टिमले आफ्नो समूहको टोलीसंग एक आपसमा खेल्ने छन् । समूह चरणको खेल मंसिर १९ गतेसम्म हुनेछ ।

सेमी फाइनलको खेल २० गते हुनेछ भने फाइनल खेल २१ गते हुने छ । प्रिमियर लिग क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमले रु.१ लाख ११ हजार १ सय ११ पुरस्कार पाउनेछ । आज शुक्रबार पहिलो खेल धनगढी क्रिकेट एकेडेमी भिएस हिमालयन क्रिकेट एकेडेमी र दोस्रो खेल नेशनल क्रिकेट एकेडेमी भिएस महेन्द्रनगर क्रिकेट एकेडेमी बिच हुनेछ ।

त्यसैगरी दोस्रो हुने टिमले ५१ हजार १ सय ११ पुरस्कार पाउने आयोजक नयाँ शिरा युवा क्लवले जनाएको छ । युवा क्लवका अध्यक्ष प्रमोद चन्दको स्वर्गीय बुवा बीर बहादुर चन्दको सम्झानामा बर्दिया प्रिमियर लिग गुलरिया नगरपालिका–४ स्थित कबर्ड हल खेलकुद मैदानमा भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय