राप्रपा अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी दर्ता
शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित

काठमाडौं, मंसिर १७ / राप्रपाको अध्यक्ष पदमा कमल थापाले मनोनयन दर्ता गरेका छन्।

भृकुटीमण्डपमा जारी महाधिवेशनमा आज उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्। थापा पक्षले उपाध्यक्ष र महामन्त्री पदमा पनि उम्मेदवारी दर्ता गराएको छ।

उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै थापाले अब कहिल्यै पार्टी नफुट्ने दाबी गरेका थिए।

थापाले विक्रम पाण्डेसँग सल्लाह गरेरै आफूहरूले टिममा राखेको बताए। राप्रपा महामन्त्रीमा पाण्डेलाई थापा र लिङ्देन दुबै पक्षले नाम राखेको छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय