बर्दियामा थप ३ जनामा कोरोना पुष्टि
शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर १७ (फरकसमाचार) / जिल्लामा थप ३ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । ३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

केही दिन अघि अफ्रिकी मुलुकमा देखापरेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन मुलुकमा क्रमिक रूपमा फैलिदै गइरहेको छ । भारतमा पनि नयाँ भेरियन्ट देखा परेको छ । नेपालमा पनि यस भेरियन्टको त्रास फैलिएको छ ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ५ सय ४३ पुगेको छ । त्यसैगरी शुक्रबार १ जना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेको संख्या ७ हजार ३ सय पुगेको छ । २४ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये १९ जना होम आईसोलेसनमा र ५ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १९ पुगेको छ ।

कोभिड–१९ बिरुद्ध जिल्लामा २ लाख ३६ हजार २ सय ६९ जनालाई पहिलो डोज खोप लगाईएको छ भने १ लाख ३ हजार ९ सय ७६ जनालाई दोस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय