बाख्रापालक महासंघको अध्यक्षमा रावल चयन
शनिबार, मङि्सर १८, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,मंसिर १८

नेपाल व्यवसायिक बाख्रापालक महासंघ बर्दियाको अध्यक्षमा नयन सिंह रावल र्निविरोध चयन भएका छन् । शुक्रबार प्रथम जिल्ला अधिवेशन भेलाले १९ जनाको जिल्ला कार्यसमिति र्निविरोध चयन गरेको हो । जिल्लाको ८ वटै पालिकाबाट बाख्रापालक किसान प्रतिनिधिले कार्यसमिति चयन गरेका हुन् ।

८ वटै पालिकाबाट आएका ४० जना बाख्रापालक किसान प्रतिनिधिले अध्यक्षमा नयन सिंह रावललाई चयन गरेका हुन् । त्यसैगरी गोमा कार्की उपाध्यक्षमा, पुर्ण बहादुर बडुवाल सचिवमा, जनक प्रसाद आचार्य कोषाध्यक्षमा र पुर्ण बहादुर ओली सहसचिवमा चयन भएका छन् । कर्म प्रसाद चौधरी, नरेश जिसी, शान्ता चालिसे, विजय राना, रुकमाया पौडेल, हुम नारायण न्यौपाने, गोविन्द उपाध्याय, धिर बहादुर थारु, प्रेम प्रसाद लामिछाने, लालबहादुर ओली, बलिराम थारु, बिनु सुवेदी, मिना कुमारी थारु र बुद्ध कुमारी रोकाय सदस्यमा चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिले बाख्रापालक किसानको पक्षमा काम गर्ने विश्वास दिएको छ ।

नेपाल व्यवसायिक बाख्रापालक महासंघ बर्दिया बैधानिक प्रक्रिया पु¥याउने पहिलो जिल्ला हुन पुगेको छ । शुक्रबार प्रथम जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल व्यवसायिक बाख्रापालक महासंघका अध्यक्ष प्रेम सागर पौडेलले बैधानिक रुपमा बाख्रापालक महासंघ बर्दिया पहिलो भएको बताएका हुन् ।

बाख्रापालक महासंघले निति नियमलाई अवलम्बन गरी बैधानिक रुपले बलियो रहेको औल्याए । बाख्रापालक महासंघले व्यवसायिक बाख्रापालक किसानको हक हित संक्षरण गर्ने उदेश्यले स्थापना भएको बताए । राज्यबाट बाख्रापालक किसानका लागि आउने सेवा सुविधा उपलब्ध गराउने कार्य गर्दैे आएको अध्यक्ष पौडेलले जोड दिएका थिए । बाख्रापालक किसान एक्लै जाँदा कुनै संगठनले नपत्याएपछि बर्दियामा ०७२ सालमा नेपाल व्यवसायिक बाख्रापालक महासंघको स्थापना गरिएको संघका केन्द्रिय सदस्य प्रेम सुवेदीले बताए । महासंघमा बाख्रापालक किसानहरुलाई एकबद्ध बनाई अगाडि बढेपछि सबैले मानसम्मान गरेको धारणा व्यक्त गरे । बाख्रापालक महासंघको मुख्य उदेश्य सरकारलले किसानका लागि बनाएको निति तथा बजेट बाँडफाडमा बाख्रापालक किसानको पनि प्रतिनिधित्व हुनुपर्छ । त्यहाँसम्म आफ्ना प्रतिनिधि पुगाउँन महासंघ निरन्तर लागीरहेको बताए ।

अहिले बाख्रापालक किसानका प्रतिधित्व गर्ने प्रतिधिनि नभएर नेताहरुले आफुखुसी बजेट बाँडफाड गरेको आरोप लागाए । बाख्रापालक महासंघले बाख्रापालक किसानको लागि रहेको समस्याको बारेमा आवाज उठाउदै आएको छ । किसानहरुलाई बिमा, बैकिङ्ग र भेटनेरी समस्या हल गर्न निरन्तर लागीरहेको केन्द्रिय सदस्य सुवेदीले बताए । महासंघको निरन्तर प्रयासले यी समस्या हल हुदै गरेको दावी गरे । यो बाख्रापालक किसानको लागि सुखद रहेको छ । बाख्रापालक किसानको हकहितको लागि महासंघ निरन्तर लागीरहने केन्द्रिय सदस्य सुवेदीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय