दिवसको अवसरमा कृत्रिम सामाग्री वितरण
शनिबार, मङि्सर १८, २०७८ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया,मंसिर १८

३०औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बढैयाताल गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई सम्मान स्वरुप कृत्रिम सहयोगी सामाग्री वितरण गरेको छ । गाउँपालिकाले पाँच जनालाई सम्मान पत्रसहित कृत्रिम सहयोगी सामाग्री दिएको हो ।

शुक्रबार कोभिड–१९ पछिको संसारमा समाबेशी, पहुँच योग्य, दिगो तर्फ अपाङ्गता भएका ब्यक्तिको नेतृत्व र सहभागिता भन्ने अन्तर्राष्ट्रिय नाराका साथ दिवस मनाएको छ । यसै क्रममा बढैयताल गाउँपालिकाले दिवसको अवसरमा अपाङ्गता भएर पनि विभिन्न पेसा व्यवसायिक, उद्योगपति, स्वाबलम्बी बन्न सफल ५ जनालाई सम्मान पत्र र दोसाल्ला द्वारा सम्मान गरिएको छ ।

त्यस्तै शरिरिक अपाङ्गता भएका लागि कृत्रिम खुट्टा, कृतिमा हात, ह्विलचियर, बैसाखी लगायतका सहयोगी सामाग्री बितरण गरेको छ । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपा कुमारी गौतमको अध्यक्षतामा र प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेको प्रमुख आतिथ्यमा सहयोगी सामाग्री वितरण गरिएको हो ।

प्राथमिकताको आधार अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार भन्ने राष्ट्रिय नाराका साथमा बर्दिया जिल्लाका विभिन्न पालिकाहरुमा विविध कार्यक्रमका साथ दिवस मनाइएको छ । मधुवन, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा दिवस मनाइएको छ ।
त्यस्तै मधुवन नगरपालिकामा महिला शाखा प्रमुख ईन्द्रा चुनाराको अध्यक्षता तथा नगर प्रमुख गणेश बहादुर केसीको प्रमुख आतिथ्यमा दिवस मनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय