मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोगको अपिल
आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर १८ (फरकसमाचार)

डिभिजन वन कार्यालयमा कार्यरत वनरक्षक राजन उपाध्यायको मृगौला प्रत्यारोपण गर्नु पर्ने भएको छन् । मृगौला प्रत्यारोपण वा डायलाशिस गर्न आर्थिक अभाव छ । आर्थिक अभावले उपचार सम्भव नभएपछि उनकी श्रीमति खुम कुमारी बास्तोलले सहयोगी मनहरुलाई आर्थिक सहयोगको अपिल गरेकी हुन् ।

आफ्नो आर्थिक स्थितीले भ्याएसम्म मृगौला उपचारमा खर्च गरिसकेको बताईन् । अहिले मृगौला पिडित उपाध्याय काठमाडौंको टिचिङ हस्पिटल महाराजगंजमा उपचार गराई रहेका छन् । चिकित्सकको सल्लाह अनुसार सम्भव भए मृगौला प्रत्यारोपण र नसकेमा डायलाशिस गर्नुपर्छ । उपाध्यायको आर्थिक स्थिती कमजोर रहेको छ ।

उपाध्यायको मृगौला उपचारमा हातेमालो गरिदिन उनकी श्रीमति बास्तोलाले सहयोगी मनहरु समक्ष हारगुहार लगाईरहेकी छन् । आफ्नो क्षमताले भ्याए जति सहयोग गर्न अनुरोध गरेकी छन् ।

सहयोग गर्न इच्छुक सहयोगी मनहरुले उनकी श्रीमतिको बैक खातामा जम्मा गरेर सहयोग गर्न सकिन्छ । खुम कुमारी बास्तोलाको नाममा बैंक अफ काठमाडौ शाखा कार्यालय महाराजगंजको खाता नम्बर १५४४०००००४९१५२४ र सम्पर्क नम्बर ९८४८२१७२२५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय