दोस्रो जित निकाल्दै हिमालयन सेमी फाइनलमा प्रवेश
आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर १९ (फरकसमाचार) / बर्दिया प्रिमियर लिगको शनिबारको दोस्रो खेलमा लगातार दोस्रो जित निकाल्दै हिमालयन क्रिकेट एकेडेमी फाइनलमा प्रवेश भएको छ । हिमालयन क्रिकेट एकेडेमीले महेन्द्रनगर क्रिकेट क्लब माथि ११ रनको जित निकालेको हो । हिमालयनले लगातार दोस्रो जित हासिल गर्दा महेन्द्रनगरले ३ खेलमा मात्र १ खेल जित्दा प्रतियोगिता बाट बाहिर भएको छ । मौसम खराबका कारण खेल १५/१५ ओभरमा भएको थियो ।

टस जितेर हिमालयनले निर्धारित १५ ओभरमा २ विकेट गुमाउदै १ सय ४२ रन जोडेको थियो । ओपनर ब्यटर आयुष्मान बम र दिपक बोहरा बिच ५१ रनको साझेदारी भएको थियो । आयुष्मान बमले ३० बलमा ४५ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे । दीपक बोहराले ४ चौकाको मद्दतमा २५ बलमा २५ रन जोडे । साथै तेस्रो विकेटका लागि पुरण बिक र रजत तिमल्सिना बिच ६८ रनको आजिबित साझेदारी भएको थियो । पुरणले १८ बलमा १ चौका र २ छक्काको मद्दतमा ३२ रन जोडे । रजत तिमल्सिनाले १८ बलमा ३५ रन प्रहार गरे । उनले १ चौका र ३ छक्का प्रहार गरे । महेन्द्रनगरका मिलन बोहराले ३ ओभरमा १६ रन खर्चिएर २ विकेट लिए ।

१ सय ४३ रनको विशाल लक्ष्य लिएर मैदान आएको महेन्द्रनगर १५ ओभरमा ६ विकेट गुमाउदै मात्र १ सय १४ रन जोड्यो । महेन्द्रनगरका विशाल एरले अर्धसतकिय पारी खेले पनि जितको लागि प्राप्त भएन । उनले २९ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ६३ रन प्रहार गरे । मिलन बोहराले १४ बलमा १५ रन जोडे । महेन्द्रनगरलाई १२ बलमा ३१ रन आवश्यक पर्दा १४औ ओभरमा मात्र ७ रन जोडेको थियो । अन्तिम तथा १५औ ओभरमा महेन्द्रनगरले ४ रन बटुले ।

हिमालयनका तिब्र गतिका बलर कौसल रुपाखेतीले ३ ओभरमा रन खर्चिएर १ विकेट लिए । सुबाश खत्रीले ३ ओभरमा २३ रन खर्चिएर २ विकेट लिए ।
समूह ए बाट स्टार क्रिकेट एकेडेमी र बाँके ११ ले सेमी फाइनलमा स्थान गराएको छ भने समूह बि बाट हिमालयन र नेशनल क्रिकेट एकेडेमी सेमी फाइनलमा पुगेको छ । आज आइतबार नेशनल क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी बिचको खेलबाट समूह बीको विजेताको टुंगो लाग्नेछ ।

त्यसैगरी पहिलो खेलमा नेशनल क्रिकेट एकेडेमीले धनगडी क्रिकेट एकेडेमी माथि ६ विकेटको सानदार जित हासिल गर्दै समूह बी बाट सेमी फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । लगातार ३ हार बेहोरेको धनगडी प्रतियोगिताबाट बाहिर भएको छ । मौसम खराबका कारण खेल १५ ÷१५ ओभरको भएको थियो ।

प्रतियोगितामा देशभरका ८ टिमको सहभागिता रहेको छ । ८ टिमलाई २ समूहमा बिभाजन गरेको छ । समूह ए मा बर्दिया क्रिकेट एकेडेमी, रोयल किंग्स, स्टार क्रिकेट एकेडेमी र बाँके ११ रहने छन् । साथै समूह बिमा धनगडी क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, नेशनल क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट एकेडेमी रहेका छन् । प्रत्येक टिमले आफ्नो समूहको टिमसंग एक आपसमा खेल्ने छन् । समूह चरणको खेल मंसिर १९ गते सम्म हुनेछ । सेमी फाइनलको खेल २० गते रहेको छ भने फाइनल खेल २१ गते हुनेछ ।

प्रिमियर लिग क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमले रु.१ लाख ११ हजार १ सय ११ पुरस्कार पाउनेछ । त्यसैगरी दोस्रो हुने टिमले ५१ हजार १ सय ११ पुरस्कार पाउने आयोजक नयाँ शिरा युवा क्लवले जनाएको छ । युवा क्लवका अध्यक्ष प्रमोद चन्दको स्वर्गीय बुवा बीर बहादुर चन्दको सम्झानामा बर्दिया प्रिमियर लिग गुलरिया नगरपालिका–४ स्थित कबर्ड हल खेलकुद मैदानमा भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर