कञ्चनपुर, मंसिर १९ / कृष्णपुर नगरपालिका २ बाणीस्थित पूर्व पश्चिम राजमार्गमा आइतवार विहान भारतीय DL-1 ZC 4754 नम्वरको गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार बाणीबाट झलारी तर्फ आउदै गरेको भारतीय नम्बरको गाडीको ठक्करबाट मृत्यु हुनेमा ७० वर्षीय तारा नाथ रहेका छन्।
नाथ कृष्णपुर नगरपालिका २ बाणीका बासिन्दा रहेको बताइएको छ। ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।
स्थानिय बासिन्दाले मृतक परिवारलाई क्षतिपूर्ति दिनु पर्ने माग गर्दै पूर्व पश्चिम राजमार्गमा अवरुद्ध गरेका छन्। थाहाखबरबाट साभार