राप्रपा अध्यक्षमा पराजित भएपछि कमल थापाले सम्झिए पुरानो गीत- यसपालि त मनै फाट्यो…
आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित

फाइल तस्विर

काठमाडौं, मंसिर १९ / राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले एउटा पुरानो गीत सम्झिएका छन्।

उनले राजेन्द्र थापाको गीतका केही हरफसमेत ट्वीट गरेका छन्।

अध्यक्षमा निर्वाचित लिङ्देनले प्रमाणपत्र लिइरहेका बेला थापा भने ट्वीटमा सक्रिय थिए। यो गीतलाई अरूणा लामाले गाएकी थिइन्।

‘मेरो अन्तर्मनभित्र मेरो मान्यतामाथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो- पोहोर साल खुशी फाट्दा जतन गरि मनले टाले त्यहि साल माया फाट्यो त्यसलाई पनि मनले टाले यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो ?’

आज बिहान आएको मतपरिणाम अनुसार राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएर अध्यक्ष निर्वाचित भएका थिए भने थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।

अध्यक्षमा पराजित भएपछि थापाले लगातार ट्वीट गरिरहेका छन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहप्रति पनि उनले रोष प्रकट गरेका छन्।

पूर्वराजाले हराउन भूमिका खेलेको आरोप उनको छ। ट्वीटमा मेन्सन गर्दै थापाले ०६३ देखि शिरमा कफन बाँधेर राजतन्त्र बोकेर हिँडेकोमा आज पुरस्कार पाइयोसमेत भनेका थिए । पूर्वराजा र हिमानीका नाममा रहेका ती अकाउन्छ उनीहरूले चलाउँछन् या चलाउँदैनन् भन्ने यकिन भने छैन। तर ती ह्यान्डलमा थापाले मेन्सन गर्दै लगातार रोष व्यक्त गरिरहेका छन्।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय