विपन्न परिवारलाई खाद्यान्न बितरण
सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित

ज्ञानेन्द्र पोख्रेल

बर्दिया,मंसिर २०

असोजको अन्तिममा परेको अबिरल वर्षाका कारण धानबाली नष्ट भई खाद्यान्नको अभाव रहेको परिवारलाई आइतबार खाद्यान्न वितरण गरिएको छ । जनजागरण महिला संघ सोरहवाको आयोजना र टेवा नेपालको आर्थिक सहयोगमा ८० घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

बढैयाताल गाउँपालिका–१,२ र ३ का अतिविपन्न, दलित र वादी समुदायलाई खाद्यान्न वितरण गरिएको छ । अविरल वर्षाका कारण माध्याम वर्ग किसानको पुरै धानबाली नष्ट भएको थियो ।

धानबाली नष्ट भई खाद्यान्न अभाव देखिएकोले खाद्यान्न वितरण गरेको जनजागरण महिला संघकी अध्यक्ष गोमा पौडेलले जानकारी दिईन् । ८० घरपरिवारलाई २० किलोग्राम चामल, २ किलोग्राम दाल, १ लिटर तेल, एक किलोग्राम नुन र साबुन लगायतका सामाग्री वितरण गरिएको छ । खाद्यान्न वितरणमा जनप्रतिनिधि, प्रहरी, नागरिक समाज र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय