बर्दियाको संक्रमित पुरुषको भेरीमा मृत्यु
बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर २२ (फरकसमाचार) / बर्दियाको कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको छ । मधुवन नगरपालिका–७ का ४० वर्षिय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो । उनमा मंसिर ४ गते पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या देखिदा उनलाई मंगलबार भेरी अस्पतालमा भर्ना गरिएको थियो र राति उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय २० पुगेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ५ सय ७४ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या ७ हजार ३ सय १० पुगेको छ । १७ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये १३ होम आईसोलेसनमा र ४ जना अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय