अतिबिपन्न परिवारलाई राहत वितरण
बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर २३ (फरकसमाचार)

गुलरियामा कोरोनाबाट प्रभाबित अति बिपन्न परिवारलाई बुधबार राहत वितरण गरिएको छ । चुजीको आर्थिक सहयोगमा सामुदायिक विकास तथा सहयोग केन्द्र बर्दियाले १ सय ५० घरपरिवारलाई राहत वितरण गरेको हो । गुलरिया नगरपालिकाका १ सय र बढैयाताल गाउपालिकाका ५० घर परिवार राहत वितरण गरिएको छ ।

गुलरिया नगरपालिकाले विवरण उपलब्ध गराएको र चुजी नामक कोरियन संस्थाको आर्थिक सहयोगमा २५ किलोग्राम चामल, १० किलोग्राम पिठो र अन्य सामान गरि एक परिवारलाई चार हजार बराबरको सामाग्री वितरण गरिएको सामुदायिक बिकास तथा सरोकार केन्द्र बर्दियाका अध्यक्ष सुशिल लामिछानेले बताए ।

बिगतमा पनि अफुहरुले कोभिड प्रभावितलाई राहत बितरण गरेको सुनाए । आगामी दिनमा पनि सहयोग गर्दै जाने उनले बताए । गुलरिया नगरपालिकालाई प्राथमिकतामा राखेर राहत बितरण गरेकोमा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले संस्थालाई धन्यबाद ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय