बर्दिया नापीको चरम लापरवाही
बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित

सरकारी राजश्व असुलेर सर्वसाधरणको काममा ढिलासुस्ती

राम प्रसाद चौहान

बर्दिया,मंसिर २३ / सरकारी कार्यालयका सेवाग्राहीको मनस्थितिमा ढिला सुस्ती हुने भय हुन्छ नै । तर, कति समय ढिला हुने सेवाग्राही अनभिज्ञ हुन्छन् । आफ्नो काम गराउँन एक महिना, दुई महिना कति ढिला हुने हो थाहा नहुँदा के हुन्छ त ? त्यसको ज्वलन्त उदाहरण नापी कार्यालय,बर्दियाले सेवाग्राहीलाई दुःख दिएको घटना समाचार बनेको छ ।

दश महिना अघि राजश्व असुलेर काम नगरिदिदा न्यायको ढोका घचघचाउँन सेवाग्राही पुग्ने बाध्यता बनेको छ । नापी कार्यालयले दिने सेवामा कति सेवाग्राही सन्तुष्ट भए वा भएनन यतिखेर प्रश्न खडा भएको छ । यसको नियमनकारी निकाय किन मुख दर्शक बनेको समेत नियमनकारी निकायलाई आरोप लागेको छ ।

गुलरिया नगरपालिका–७ का नन्दराम यादवले दश महिना अघि जग्गा नापी गर्न दिएको रेर्कडमा देखाउँछ । २ हजार ५ सय ३० रुपैया नापी कार्यालय असुलेको देखिन्छ । नापी कार्यालयका कर्मचारीले आज भोली गर्दा गर्दै दश महिनासम्म सेवाग्राहीको काम नगरेको यो तितो यर्थाथ हो । जसले गर्दा सरकारी कार्यालयबाट सर्वसाधारणले पाउँने सुबिधाका कमिशन खोर कर्मचारीका कारण धज्जी उडेको छ । यादव एक प्रतिनिधि पात्र हुन् । उनी जस्तै अधिकांश सर्वसाधारण नापी कार्यालय दिने सेवाबाट बन्चित छन् ।

जसले गर्दा नापी कार्यालय गुलरियाको चरम लापरवाही पुष्टि हुन्छ । यादवले ०७७ साल चैत १६ गते जग्गा नापी गर्न नापी कार्यालयमा राजश्व बुझाएका थिए । ‘राजश्व बुझाए तर, नापी भएको छैन’ उनले भने, ‘दश महिनासम्म नापी कार्यालय धाउँदा पनि कर्मचारीले वास्ता गरेनन ।’ नापीमा पटक पटक मेरो जग्गाको नापी कहिले हुन्छ, सोध्दा आजभोली हुन्छ, आश मात्र देखाएको यादवले दुखेसो पोखे । नापी कार्यालयमा सर्वसाधारण कुनै कामले जाँदा महिनौ दौड्नु पर्ने सेवाग्राहीको आरोप छ ।

नापी कार्यालयको लापरवाही बारे व्यापक गुनासो आउँदा बुधबार फरकसमाचार संवाददाताले नापी कार्यालयका सुचना अधिकारी तथा नापी अधिकृत पवन गुप्तासंग जानकारी लिन खोज्दा बेवास्ता गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय