गैंडाको आक्रमणबाट एकको मृत्यु
बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित

नवलपुर, मंसिर २३ / नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोतीमा गैंडाको आक्रमणबाट कावासोती-१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ।

आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा  उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैंडाले एक्कासि आक्रमण गरेको थियो।

मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा बुधबार राति महतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।

जिल्लामा निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्कने गैंडाको आक्रमणबाट बर्सेनि स्थानीयबासीले ज्यान गुमाउने गरेका छन्।

पछिल्लो राष्ट्रिय गैंडा गणना २०७७ अनुसार नेपालमा ७५२ गैंडा छन् भने चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैंडा भेटिएका छन्। सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय