छोराको अप्रेशन गराउन भौतारिदै थारु दम्पति
शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर २४ (फरकसमाचार)

मधुवन नगरपालिका–४ ढोढरीकी मन्जु थारुको छोरा जन्मेको दुई वर्ष पुरा भयो । जन्मजात मलद्वार नभएको छोरा प्रिन्स थारुको अप्रेशन गर्न थारु दम्पति भौतारिनु परेको छ । काठमाडौंसम्म धाउँदा पनि कुनै उपाय नलागेको मन्जु थारुले सुनाईन् । छोराको जन्म भएको चार दिनपछि मात्र मलद्वार नभएको थाहा भएको मन्जुले बताईन् ।

मलद्वार नभएकोले दिशा गर्न नपाउँदा बच्चाले धेरै गाह्रो महसुस गरेको थियो । चौथौं दिनमा बच्चाको मलद्वार नै नभएको थाहा पाउने बित्तिकै बाँकेको कोहलपुर शिक्षण अस्पतालमा लगेको बताईन् ।

बच्चालाई दिशा गर्न गाह्रो भईसक्दा पाँचौं दिनमा एमेरजेन्सीको लागि डाक्टर फिरोज खानले बच्चाको पेटको छेउमा प्वाँल पारेर दिशा गर्ने माध्यम बनाएको समेत उनले सुनाईन् । ‘मेरो छोरा जन्मेको पाँचौं दिनदेखि यहि प्वाँलको माध्यमबाट दिशा गरेको’ उनले भनिन,‘दुई वर्ष बितिसक्दा पनि मलद्वारको अप्रेशन गराउँन सकेका छैनौं ।’ डाक्टरले पारेको पेटको छेउको प्वाँलको माध्यमबाट दिशा बगिरहन्छ जसले गर्दा जाडो भएपनि प्रत्येक दिन बिहानै नुहाईदिनु पर्छ । बच्चालाई धेरै गाह्रो भईरहेको छ । दिनभरी कपडा फेरेको फेरे गर्नु पर्ने बाध्यता रहेको मन्जुले बताईन् ।

छोराको अप्रेशन गर्न दुई वर्षमा पाँच लाखसम्म खर्च गर्दा पनि विभिन्न कारणले अप्रेशन हुन नसकेको बताईन् । मन्जु र उनका श्रीमान् श्रीराम थारु दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्ने दम्पति हुन ।

आर्थिक स्थिती कमजोर भएकोले बच्चाको अप्रेशन गर्न समस्या रहेको छ । आर्थिक स्थितीले भ्याएसम्म छोरा प्रिन्सको मलद्वारको अप्रेशन गराउन कोसिस गरेपनि नसकेको श्रीरामले जानकारी दिए । श्रीराम दैनिक ज्याला मजदुरी गरी दैनिकी चलाउने व्यक्ति हुन् ।

छोरोको अप्रेशन गर्न उनको दम्पतिले दुई वर्ष देखि अस्पताल भौतारिन ठिक्क छ । जसले गर्दा ज्याला मजदुरी गर्न समेत नपाएको श्रीरामले बताउँछन् ।

अब, आफ्नो आर्थिक स्थितीले नभ्याएपछि थारु दम्पतिले सार्वसाधारण सामु आर्थिक सहयोगको अपिल गरेका छन् । आफुले सकेजति सहयोग गरी दुई वर्षिय प्रिन्स थारुको अप्रेशनमा सहयोग गरिदिन श्रीरामले आग्रह गरेका छन् । प्रिन्सको आमा मन्जुको नेपाल बैंक लिमिटेड सानोश्री शाखाको खाता नम्बर १५१०११०६४७८८६००००००१ मा जम्मा गरि सहयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय