बर्दिया,मंसिर २४(फरकसमाचार)
नापी कार्यालको रेसपोन्सले सेवाग्राही खुसी भएका छन् । लामो समय देखि रोकिएको कामको नापी कार्यालयले रेसपोन्स गर्दा सेवाग्राही खुसी भएका हुन् ।
‘बर्दिया नापीको चरम लापरवाही’ शिर्षकमा फरकसमाचार राष्ट्रिय दैनिक पत्रिकामा बिहीबार समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि नापी कार्यालयले लामो समयदेखि रोकिएको कामको रेसपोन्स गरेको छ । गुलरिया नगरपालिका–७ का नन्दराम यादवले दश महिना अघि जग्गा नापी गर्न राजश्व तिरेको रेर्कडले देखाउँछ ।
यादवले आफ्नो जग्गा छुट्याउन घर बनाउने योजना बनाएका थिए । राजश्व तिरेर लामो सयमसम्म नापी नहुँदा आफ्नो घर समेत बनाउन ढिलाई भएको गुनासो गरेका थिए । अब यही हप्ता यादवको काम हुने भएपछि खुसी भएका छन् ।
नापीमा दिनकै धाउँदा पनि ढिलाई भएको महसुस गरे । सोही विषयमा समाचार प्रकिाशित भएपछि नापी अधिकृत तथा सुचना अधिकारी पवन गुप्ताले यादवको कामको थालनी गरेका छन् ।
यादवको काम गर्ने अधिकृत गुप्ताले आश्वासन दिएपछि नन्दराम यादवका छोरा प्रमेश यादव खुसी भएका छन् । जग्गा नापी गर्न राजश्व बुझाएको १५ दिनमा नापी हुन्छ ।
तर, नापी कार्यालयमा कर्मचारी अभावका कारण सो हुन नसकेको बताए । ‘सेवाग्राहीको चाप बढी हुन्छ’ अधिकृत गुप्ताले भने,‘हामीसंग जनशक्ति अभावका कारणले समय लाग्ने गरेको छ ।’ हामीसंग भएका कर्मचारीले कार्यालयमा पनि काम गर्नु पर्छ र समय मिलाएर फिल्डमा पनि काम गर्ने बाध्यता रहेको सुनाए ।
जनशक्ति बढाउन सम्बन्धित माथिल्लो निकायमा जानकारी गराउँदा पनि अहिलेसम्म यो समस्या हटेको छैन । अपुग कर्मचारी बिच नापीले कार्यालय भित्र र बाहिर सेवा दिईरहेको छ । सम्बन्धित निकायले बढी चाप हुने कार्यालयमा प्रयाप्त जनशक्ति नराख्दा सेवाग्राहीको काममा ढिलासुस्ती भईरहेको छ ।