मंसिर २४ / नेपाली काँग्रेस" />
काँग्रेसको केन्द्रीय सदस्यमा गणेश लामाको उम्मेदवारी
शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित

काठमाडौं,मंसिर २४ / नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा गणेश लामाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार हुने उम्मेदवारको मनोनयदर्तामा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको लामाले बताए ।

उनी तत्कालिन लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्य रहेका उनी पार्टी समायोनपछि महासमिति सदस्य तथा प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र न. १ (ख) बाट उम्मेदवार थिए ।

पार्टीको युवाहरुको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको लामाले बताए । उनी पार्टीका वर्तमान उपसभापति विजय कुमार गच्छदार निकट मानिन्छन् । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय