टुण्डी कन्ट्रक्सनको लापरवाही, सम्बन्धित निकाय मौन
शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित

दिनेश ठाकुर

बर्दिया,मंसिर २५

पञ्च वर्षिय शहरी विकास अन्र्तगतको बाटो तथा नाली निर्माणको काममा टुण्डी कन्ट्रक्सनले नाली निर्माणमा लापरवाही गरेको छ ।
गुलरिया नगरपालिका–६ मा दिपेन्द्रनगर टोलमा पर्ने नाली निर्माणमा निर्माण कम्पनिले लापरवाही गरेको हो । रिङ्गरोडमा पर्ने ठुलो कलभटको छेउमा नाली ढलान नगरी काम चलाउ मसिनो सरियाको झांप बनाई राखिएको छ ।

बिभिन्न समयमा सडक डिभिजन र स्थानीय निकायका संम्बन्धित ब्यक्तिहरु अनुगमनमा आउदा ठेकेदार कम्पनिले उक्त नाली निर्माण गर्ने बताउदै आएको र पछि निर्माण नै नगरी बेपत्ता भएको छ । नालीमाथि ढलानको काम पुरा नगरी निर्माण कम्पनिले भुक्तानी लिइसकेको आरोप छ ।

साना बालबालिकाहरु खेल्ने क्रममा धेरै पटक सरियाको जालीमा खुट्टा छिरेर दुर्घटना भएको स्थानीयले बताएका छन् । रिङ्गरोडको छेउमा रहेकोले यस ठाउँमा सवारी दुर्घटना हुने सम्भावना पनि उक्तिकै रहेको छ । सबै ठाउँमा नाली बन्दरहेको र उक्त स्थानमा खुला भएकाले घर नजिकै दुर्घन्ध भएको स्थानीयले आरोप लगाएका छन् । स्थानिय निकायमा पटक पटक उक्त नाली निर्माणमा ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको स्थानियले गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर