जलकुम्भीले पुरियो बढैयाताल, पालिकाले देखायो चासो
शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर २५

जलकुम्भी झारले कुरुप बन्दै गएको यस क्षेत्रकै ठूलो १ सय १० विगहा क्षेत्रको बढैयाताललाई पर्यटकय क्षेत्रको रुपमा विकास गर्न गाउ“पालिकाले पहल थालेको छ । त्यसका लागि पालिकाले डिटेल प्रोजेक्ट रिर्पोट (डिपीआर) गुरु योजना केही दिनमै बनाउने योजना लिएको छ ।

जलकुम्भीका कारण तालको अस्तित्व नै खतरामा परेपछि पालिकाले तालको स्तरउन्नतीका लागि चासो दिएको हो । जलकुम्भी झारका कारण ताल पुरिदै गएको छ भने कमलको बिरुवा मरेर गएको छ ।

गुरु योजना अनुसार तालको चारैतिरको बा“धलाई करिव १५ मिटर चौडाई गरी दुई लेनको सवारी साधन चल्ने मिल्ने पक्की सडक, जलकुम्भी सरसफाई, अग्लो भागको माटो हटाउनेदेखि लिएर बृक्षारोपण गरी हराभरा बनाईने छ ।

त्यस्तै चराहरुको बाँसस्थान निमार्ण, भ्यु टावर, कमलको फूलको व्यवस्थापन, बोटिग गर्नेलगायतका विकासका कामहरु समेटिएका छन् । ताललाई गहिरो बनाएर पानी सफाई गरी नुहाउन मिल्ने बनाईने लक्ष्य छ ।

त्यस्तै तालमा लगवा लगिनीया (शिवपर्वतीं) को मन्दिर निमार्ण गरी दर्शन गर्नका लागि ढुंगाको व्यवस्थापन, पिक्निक स्र्पोट, ताललाई तारजाली गरिने छ । भ्यु टावर र मन्दिर निमार्णका लागि तालको माटोको परीक्षणको काम सकिएको छ ।

पालिकाले ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल थाले पनि प्रदेश र केन्द्रीय सरकारको लगानी अभावमा सम्भव देखिदैन । ‘हामीले पालिकाबाट तालको विकासका लागि केही बजेट बिनियोजन गरेका छौ“ । तर केन्द्र र प्रदेश सरकारको सहयोग विना सम्भव छैन,’ पालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भने,‘पर्यटकीय क्षेत्र बनाउन सुरुवात गरिसकेका छौ“ । केन्द्र र प्रदेश सरकारले पनि सहयोग गर्न आवश्यक छ ।’ सरकारको चासोमा नपरेका कारण बढैयाताल बेवारिसे जस्तै बन्दै गएको छ ।

ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न करोडौंको बजेट आवश्यक पर्ने देखिन्छ । स्थानीय हेमकुमार चौधरीका अनुसार जलकुम्भीका कारण तालको अस्तित्व नै खतरामा परिसकेको बताउ“छन् । एक सय भन्दा बढी विगहा क्षेत्रफलको तालबाट जलकुम्भी हटाउन समस्या देखिएको उनले जनाए ।

बढैयाताल गाउ“पालिका–५ मा पर्ने यस क्षेत्रकै ठूलो बढैया तालको विकास गर्न स्थानीयले माग गर्दै आएका छन् । ताल ब्यवस्थित गर्न बा“ध मर्मतदेखि पिक्निक स्पोर्ट निर्माण गरिएको छ । उक्त तालमा ३१ बढी प्रजातिका स्थानीय चराहरु पाईने स्थानीय बताउ“छन् । मुलुककै दुर्लभ प्रजातीका चरा पनि यहा“ पाइन्छन् ।

साइबेरिया र भारतबाट पनि पहुनाका रुपमा चरा आउ“छन् । तर, संरक्षण अभावमा बासस्थान संकटमा परेपछि चरा आगमनमा कमी आएको छ । यहा“ सरास, करे¨कुरुङ, साईबेरिन, हा“स, कुर्मा, मरुल, लामाऔले, राज हुटिट्याउ“, टिमटिमा, मलाह चिल, माटी कोरी प्रजातीका चरा देख्न पाईन्छन् । त्यस्तै डुबुल्की, जलेवा, चखेवा, ७ प्रजातीका बकुला, लाल टाउके गरुड, करी सा“वरी, सिलसिले, खडखडे हा“स, विजुलागैरी, हरियो टाउके, सुईपुच्छे, सिम कुखुरा लगायत प्रजातीका चार हेर्न सकिन्छ ।स्रोत दस्तावेज

प्रतिक्रिया

सम्बन्धित खवर