ओसिएमसिलाई साढे चार लाख बराबरको सामाग्री
आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर २५(फरकसमाचार)

जिल्ला अस्पताल द्वारा संचालित लैङगिक हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) लाई ४ लाख ५४ हजार ८ सय बराबरको सामाग्री साथी संस्था बाँकेले हस्तान्तरण गरेको छ ।

लैङगिक हिंसामा परेकालाई छितो छरितो सेवा प्रभाव गर्ने उदेश्यले संस्थाले ओसिएमसिलाई सामाग्री हस्तान्तरण गरेको हो ।
प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र साथी संस्था बाँकेको साझेदारीमा ओसिएमसिलाई सामाग्री सहयोग गरिएको छ ।

संस्थाले ओसिएमसि भवनको लागि झ्याल र ढोका उपलब्ध गराएको छ । प्रर्दा, प्लाष्टिक कुर्सी, कर्पेट, स्टिल दराज, लोबेट, पानी डिसपेन्सर, घुम्ने कुर्सी, टेबल, लोफर, फ्रिज, हिटर, ३२ इन्चको एलईडि टिभि र क्यामरा हस्तान्तरण गरिएको साथी संस्थ्का परियोजना संयोजक कुलराज दहितले बताए ।

लैङगिक हिंसामा परेका पिडितलाई अस्पतालले छुट्टै भवनको निर्माण गरी उपचार गर्ने भएको छ । पिडितहरुको गोप्नीयतालाई मध्यनजर गरी बर्दिया अस्पतालले ओसिएमसि छुट्टै भवन बनाएको छ । ओसिएमसिलाई हस्तान्तरण गरिएका यी सामाग्रीले पिडितको उपचारमा सहज हुने विश्वास संस्थाले लिएको छ ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला समन्वय समितिका संयोजक शंकर प्रसाद थारु, अस्पताल विकास समितिका अध्यक्ष अंगद श्रेष्ठ, अस्पतालका मेसु सुभाष पाण्डे लगायतको उपस्थितीमा संस्थाले सामाग्री हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय