कञ्चनपुरमा लागू औषधसहित २ जना भारतीय नागरिक पक्राउ
सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित

धनगढी, मंसिर २७ । कञ्चनपुरमा लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले लागू औषध खैरो हिरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनुपरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले भारतको पिलिभितका १९ वर्षीय राम सिंह र २३ वर्षीय धरमवीर सिंहलाई पक्राउ गरिएको जानकारी दिए ।

बेलौरी नगरपालिका-६ को नकैयास्थित नेपाल-भारत सीमा क्षेत्रमा लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको शाहले बताए ।

उनका अनुसार उनीहरूको साथबाट १०.४२ ग्राम लागू औषध खैरो हिरोइन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय