कांग्रेसको मतदानस्थलमा फोटो पत्रकारहरुको विरोध
सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित

काठमाडौं, मंसिर २७ / नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नपाएको विरोधमा फोटो पत्रकारहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् ।

फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन् । त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका हुन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय