बेपत्ता बालकको अझै पत्ता लागेन
बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित

बर्दिया, मंसिर २९ (फरकसमाचार)

दुई महिना देखि १७ वर्षिय बालक असोज २८ गतेदेखि बेपत्ता रहेका छन् । गुलरिया नगरपालिका –८ कोठियागाउँबाट अकलेश थारु बेपत्ता भएका हुन् । बालकको नाम अकलेश रहे तपनि आफुलाई भोलु भेनर चिनाउँछन् । भारतको बहराईच जिल्ला बिस्नापुर गाउँ देखि आफ्नो अन्टीको घर कोठिया गाउँमा दशैं मान्न आएका थिए । दशैं मान्न आएका बालक चार दिनसम्म बसेको र पाँचौ दिनमा लेडिज साईकल लिएर निस्केको उनको भाउजु निलम चौधरीले बताईन् ।

‘मेरो घरमा दशैं मान्न आएका देवर बाबु बेपत्ता भएको दुई महिना पुग्यो’ उनले भनिन्, ‘देवर बाबुको खोजीमा भौतारि रहेको छु ।’ बाबु यस ठाउँको लागि अन्जान छ ।

उसलाई हाम्रो यताको ठाउँको बारेमा केही पनि थाहा छैन । साईकल लिएर घरबाट निस्केको बालक अझैसम्म घर नफर्किदा धेरै चिन्ता भएको निलमले बताईन् । भारतको बिस्ना गाउँबाट बालकको आमा बुवा दिनकै खोज्न आउँछन् ।

आफ्नो घर पनि पुगेको छैन । देवर बाबुलाई खोज्न अटो रिक्सा र मोटरसाईकल भाडामा लागेर बाँके, बर्दियाको विभिन्न ठाउँमा खोजेको निलमले बताईन् । तर,अझैसम्म पत्ता लागेको छैन । बालकलाई खोजी गरिदिन उनले आग्रह गरेकी छन् ।

बालक अझै फेला नपरेको र बालकको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक सरस्वती पौडेलले जानकारी दिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय