बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु हुँदै
बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर २९(फरकसमाचार)

बर्दिया राष्ट्रिय निकुञ्जमा आज बुधबार देखि बाघको गणना सुरु हुने भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्र्तगत बर्दिया र बाँके कम्प्लेक्समा बाघ सर्वेक्षणको उद्घाटन आज बिहान ११ बजे हुनेछ ।

देशव्यापी रुपमा अघिल्लो साता देखि चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना शुरु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागी निकुञ्ज प्रशासनले आवश्यक तयारी पुरा गरि आज देखि गणना सुरु गर्ने भएको छ । बाघ गणनाको लागि ७ सय २२ ग्रिडमा आधुनिक क्यामरा जडान हुन्छ । बाघ गणनाको अवधि तीन महिनासम्म चल्नेछ ।

बर्दिया, बाँके कम्प्लेक्स अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, खाता, कर्णाली जैविक मार्ग तथा आसापास क्षेत्र, बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, कम्दी जैविक मार्ग लगायत र आसपासका क्षेत्रमा ३ ब्लकमा क्यामारा राखेर बाघ गणना गर्ने योजना छ । गणनामा खटिने गणकले बाघको फोटो खिच्नको लागी स्वचालित क्यामरा, सन्टो कम्पास, रेन्ज फाईण्ड र जिपिएस लगायतका उपकरण सहयोगले बाघ गणना गर्नेछन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका बाघ जैविक मार्गदेखि भारतीय आरक्षसम्म आवतजावत गर्ने हुँदा एकिन तथ्यांकमा चुनौती रहेको कर्मचारीको भनाई छ । यस अघिको बाघ गणनामा बर्दिया राष्ट्रिय ८७ बाघ थिए । निकुञ्जका कर्मचारीका अनुसार बाघको संख्या बढेको अनुमान छ । बाघ गणनापछि निकुञ्जमा कति बाघ रहेको संख्या थाहा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय