बर्दिया,पुस १ (फरकसमाचार)/ राष्ट्रिय बाघ सर्वेक्षण २०७८ बर्दिया र बाँके कम्प्लेक्सको बुधबार औपचारिक उद्घाटन समारोहमा बर्दिया राष्ट्रिय निकुञ्जमा हेब्बी वेट्को उपस्थिती देखिएको छ । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक, वन वातावरण तथा भु–संरक्षण मन्त्रालयका उपनिर्देशकसहित तीन वटा प्रदेशका सचिवहरुले बाघ गणनाको उद्घाटनमा उपस्थिती जनाएका हुन् ।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देश डाक्टर रामचन्द्र कडेलको अध्यक्षतामा बाघ गणनाको उद्घाटन गरिएको छ । नेपालमा सन् २००९ देखि बाघ गणना राष्ट्रिय रुपमा सुरुवात गरिएको हो । सन् २००९ मा १ सय २१, २०१३ मा १ सय ९८ र सन् २०१८ को सर्वेक्षणमा २ सय ३५ बाघ नेपालमा रहेको रेकर्डले देखाउछ ।
नेपालले सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिवद्धता गरे बमोजिम सन् २०२२ सम्म बाघको संख्या २ सय ५० पु¥याउने लक्ष्य रहेको छ । नेपालले प्रतिवद्धता गरेको लक्ष्यको नजिक रहेको महानिर्देशक कडेलले जानकारी दिए । बाघको संरक्षणमा सम्पुर्ण संरक्षणकर्मीको विषेश योगदान रहेको धारणा व्यक्त गरे ।
जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारु प्रमुख अतिथि रहेका थिए । महानिर्देशक कडेल र समन्वय समितिका प्रमुख थारुले क्यामरा ट्रयापको स्वीच अन गरेर बाघ गणना उद्घाटन गरेका थिए । वन विभागका उप–महानिर्देशक राजेन्द्र केसी, योजना अनुगमन तथा समन्वय महाशाखाका सह–सचिव शिव कुमार वाग्ले, वन वातावरण तथा भु–संरक्षण मन्त्रालय सुदुर पश्चिम प्रदेशका सचिव दिवेश त्रिपाठी, वन वातावरण तथा भु–संरक्षण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव पशुपति नाथ कोईराला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशका सचिव मोहन जोशी लगायतको उपस्थिती रहेको थियो ।
अघिल्लो वर्ष गैंडा गणनामा खटिएका निकुञ्जका कर्मचारी पुलिसराम चौधरीलाई बाघले आक्रमण गरि ज्यान लिएको थियो । त्यस घटनालाई स्मरण गर्दै बाघ गणनाको औपचारिक उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले सेप्टीलाई प्राथमिकता दिन पटक पटक दो¥याएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले मानवलाई बचाउँदै बाघको संरक्षण गर्नु पर्नेमा जोड दिए । प्रजिअले बाघले शिकार गरेको र रोमन्च गरेको गतिविधि आफुले नियालेकोसमेत सुनाएका थिए । बाघको गणनासंगै बाघले गर्ने अनेक गतिविधि अध्ययन गर्न समेत प्राविधिकहरुलाई सुझाएका थिए ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले वन्यजन्तु संरक्षण नगरपालिकाले करौडौं खर्च गरेको बताए । निकुञ्ज क्षेत्रसंगै नगरपालिकाका विभिन्न क्षेत्र जोडिएकोले मानवीय तथा बालीनालीको क्षति हुँदा हुँदै वन्यजन्तुको संरक्षणमा विशेष ध्यान दिएको जानकारी दिए । नगरपालिकाले वन्यजन्तुको संरक्षणको लागि सधैं प्रतिबद्ध हुने विश्वास दिलाए ।
बर्दिया र बाँके कम्प्लेक्समा सर्वेको काम बुधबारबाट सुरु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले बताए । बाघको गणना क्यामरा ट्यापिङ्ग र बाघको पब मार्गको माध्यमबाट गरिने छ । बर्दिया र बाँके कम्प्लेक्सलाई ४ वटा ब्लकमा विभाजन गरिएको जनाए । बर्दिया, बाँके कम्प्लेक्स अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, खाता, कर्णाली जैविक मार्ग तथा आसापास क्षेत्र, बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, कम्दी जैविक मार्ग लगायत र आसपासका क्षेत्रमा स्वचालित क्यामारा राखेर बाघ गणना गर्ने बताए । बाघ गणनाको लागि ८ सय १६ ग्रिडमा स्वचालित क्यामरा जडान हुन्छ ।
जसमा ९४ क्यामरा चुरे क्षेत्रमा जडान गरिन्छ भने निकुञ्ज, मध्यवर्ती क्षेत्र, सामुदायिक वन लगायत स्थानमा ७ सय २२ ग्रिडमा स्वचालित क्यामरा जडान गरिने प्रमुख संरक्षण अधिकृतले जानकारी दिए । प्रत्येक दुई किलोमिटिरको दुरीमा क्यामरा राखिन्छ । एउटा ग्रिडमा कम्तिममा १५ दिन स्वचालित क्यामरा राखिन्छ र एउटा ब्लकमा कम्तिममा २३ दिन काम गर्ने समय लाग्छ ।
बाघ गणनाको अवधि तीन महिनासम्म चल्नेछ । ७ वटा गु्रप हुन्छ र प्रत्येक ग्रुपमा ६ जना गणकहरु संलग्न हुन्छन् । बाघको गणनामा खटिएका गणकहरुको सुरक्षाको लागि हात्तीसहित नेपाली सेनाको टोली परिचालन हुनेछ । केही क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयसंग समन्वय गरी गणकहरुलाई सुरक्षा दिने योजना बनाएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए ।