जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु
बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित

झापा, पुस १ / हात्तीको आक्रमणबाट झापामा एक जना वृद्धको मृत्यु भएको छ।

जंगलमा घाँस काट्न गएका ७८ वर्षीय कृष्ण भुजेलको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरूङ्गाले जनाएको छ।

कनकाई नगरपालिका २ स्थित जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रमा घाँस काट्न गएका भुजेल तीनदेखि हराइरहेका थिए।

सुरूङ्गाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले सोमबार दिउँसो घाँस काट्न जंगल गएका भुजेल रातिसम्म पनि घर नआएपछि उनको खोजी सुरू भएको थियो।

प्रहरी र स्थानीयले खोजी गर्नेक्रममा सामुदायिक वनभित्र बुधबार दिउँसोमात्रै भुजेल मृत फेला परेका थिए।

घटनाको प्रकृति र आसपासको क्षेत्रको अध्ययन अनुसन्धानले भुजेललाई हात्तीले मारेको पुष्टि भएको प्रहरीले जनाएको छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय