पुस २ / लुम्बिनीस्थित बसपार्क" />
लुम्बिनी बसपार्कमा आगलागी, १२ वटा पसल जलेर नष्ट
शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित

बुटवल, पुस २ / लुम्बिनीस्थित बसपार्कमा गत राति आगलागी  भएको छ। आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको भएका छन् ।

राती २ बजेबाट लागेको आगो  डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको  थियो । आगलागी हुँदा झण्डै ६० लाखको क्षति भएको आकलन गरिएको छ।  स्थानीयले आगलागी पछि नगरपालिको  दमकलका समय नआउँदा धेरै क्षति भएको भन्दै आक्रोश पोखेका छन् ।

प्रहरीले आगलागीको क्षतिको पूर्ण विवरण सङ्कलन कार्य जारी राखेको जनाएको छ ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर