कांग्रेसका थप पाँच सहमहामन्त्रीमध्ये मुस्लिम, मधेसी र खसआर्यको मतगणना सुरू
शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित

काठमाडौं, पुस २ / नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट टुंगिन बाँकी पाँच सहमहामन्त्रीका लागि आज मतगणना सुरू हुन लागेको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार मुस्लिम, मधेसी र खसआर्य सुरू भएको हो। थारू र पिछडिएको क्षेत्रको केही बेरमा सुरू हुँदैछ।

क्लस्टरअनुसार फरक-फरक ठाउँमा मतगणना सुरू भएको छ। कांग्रेसका आठ सहमहामन्त्रीमध्ये तीन क्लस्टरका सहमहामन्त्रीको बिहीबार नै टुंगो लागेको छ। अबेर राति सकिएको मतगणनामा दलिततर्फ जीवन परियार, महिलातर्फ  महालक्ष्मी उपाध्याय र आदिवासी/जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्। परियार सभापति उम्मेदवार शेखर कोइराला प्यानलका हुन् भने उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन्।

अब  खस आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका सहमहामन्त्रीको मतगणना हुन लागेको हो।

खस आर्यको सहमहामन्त्रीमा देउवा प्यानलबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन्।

थारूतर्फ उमाकान्त चौधरी र  तेजुलाल चौधरी उम्मेदवार छ। उमाकान्त देउवा समूहका हुन् भने तेजुलाल कोइराला प्यानलका हुन्।

मुस्लिमतर्फ देउवा समूहबाट फर्मुल्लाह मन्सुर र कोइराला समूहबाट शेख वकिल उम्मेदवार छन्।

पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही, बद्री पाण्डे र  चेतनाथ बराल उम्मेदवार छन्। शाही देउवा समूहका हुन् भने पाण्डेले कोइराला र बरालले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिएका हुन्।

मधेसीतर्फ देउवा समूहका महेन्द्र यादव, कोइराला समूहका रञ्जित कर्ण र निधि प्यानलबाट रामकृष्ण यादव उम्मेदवार छन्। सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय