सहमहामन्त्रीमा बर्दियाबाट पहिलो जित राठोरले निकाले
शनिबार, पुष ०३, २०७८ मा प्रकाशित

दिनेश ठाकुर

बर्दिया, पुस ३

नेपाली काँग्रेसको इतिहासमा नै पहिलो पटक बर्दियाबाट केन्द्रिय पदाधिकारीको सहमहामन्त्रीमा किशोर सिंह राठोर बिजयी भएका छन् । राठोरले देवराज चालिसेलाई ५ सय ६४ मतले पछिपार्दै बर्दियाको ईतिहासमा पहिलो पदाधिकारीको नाम लेखाउन राठोर सफल भए । राठोरले २ हजार ५ सय ६६ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वि चालिसेले २ हजार २ मत प्राप्त गरे ।

खसआर्यको सहमहामन्त्रीमा बिजयी भएका राठोर देउवा प्यानलबाट प्रतिनिधित्व बिगत देखि गर्दै आएका जल्दा बल्दा नेता हुन् । निर्वाचन क्षेत्र २ नेपाली काँग्रेसको पाटीमा पकड जमाएका राठोरका कारण उक्त निर्वाचन क्षेत्रमा देउवा पक्षको पकड राम्रो छ । नेपाली काँग्रेस चौधौ महाधिबेशनमा निर्वाचन क्षेत्र नं.२ देउवा प्यानलको अधिकतम मत प्रदेश र नगर सभापति चयन भएको बेला देखियो भने जिल्ला कार्य समितिमा देउवा प्यानलले इतर पक्षलाई क्लििन स्वीप गर्न सफल भएको छ ।

जिल्लाको प्रदेश सभापति,नगर सभापति र जिल्ला सभापतिमा देउवा प्यानलको जित निकालेको श्रय राठोरलाई गएको छ । स्वभावमा कडा मिजास उनी काँग्रेसका कार्यकर्ता माँझ लोकप्रियता चुलिदै गएको छ ।

नेता राठोरको ईमान्दारिता र पाटीमा गरेको योगदानको कदर गर्दै युवा देखि पाका कार्यकर्ता माँझ लोकप्रियता चुलिदै गएको स्थानिय युवा बिमल केसीले बताए । ‘हाम्रो नेता राठोरले जे बोल्नु हुन्छ,त्यहि गर्नु हुन्छ,त्यसमै बर्दियाबासीलाई गर्ब छ’उनले भने,‘ लोभ लालच नभएका कारण उहाँको लोकप्रियता चुलिदै गएको हो ।’उहाँको जितले बर्दियालीको अनुहार आशा किरण झुल्केको उनले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय