बर्दिया,पुस ३ (फरकसमाचार) / बहुविवाहका फरार कसुरदारलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले गुलरिया नगरपालिका–५ का मेहदी हसन धोबीलाई शुक्रबार पक्राउ गरेको हो ।
०६९ साल फागुन ३० गते जिल्ला अदालतले बहु बिवाह मुद्दामा धोबीलाई १ वर्ष कैद सजाय तोकेको थियो । अदालतले कैद सजाय तोकेको दिनदेखि धोबी फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गुलरिया नगरपालिका–७ स्थितबाट धोबीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।