ह्वात्तै बढेको ठन्डीले बर्दियाको जनजीवन प्रभावित
सोमबार, पुष ०५, २०७८ मा प्रकाशित

बर्दिया, पुस ५ (फरकसमाचार)

ह्वात्तै बढेको ठन्डीले बर्दियाको जनजीवन प्रभावित भएको छ । बिहान बाक्लो हुस्सु लाग्नुका साथै कठ्याग्रिने ठन्डीले जनजीवन अस्तव्यस्त बन्दै गएको हो । एक्कासी बढेको ठन्डीले जनजीवन कष्टकर बन्दै गएको छ ।

ठन्डी बढेसंगै गुलरिया बजारमा बिहान देखि देखिने चहल पहलमा कमि आएको छ । ठन्डी कम हुँदा सर्वसाधारण मोरनिङ्ग वाकको लागि बिहान ५ बजे बाहिर निस्कने गर्थे । बजारमा बिहानै सम्पुर्ण पसल खुल्ने गर्थे र किनमेलका लागि सर्वसाधारणको बजारमा चहल पहल देखिन्थ्यो । ह्वात्तै बढेको ठन्डीले जुन चहल पहल ढिलो देखिन थालेको छ ।

एक्कासी बढेको ठन्डीले गर्दा बिहानै मोरनिङ्ग वाकको लागि बाहिर निस्कने सर्वसाधारण ढिलोसम्म निस्कने गरेका छन् । चिसो पनि छ, बाक्लो हुस्सुका कारण बाटो पनि किलिएर देखिदैन एक स्थानीयले बताए । ‘बाक्लो हुस्सु लाग्छ’ उनले भने,‘बिहानै मोरनिङ्ग वाकमा निस्कन डर छ ।’ बिहानै हिड्दा हुस्सुले गर्दा गाडी मोटर आएको पनि देखिदैन । गाडी मोटरसंग ठोकिने डर रहेको उनले सुनाए ।
बाक्लो हुस्सुका कारण गाडीमोटर दुर्घटनामा पर्ने जोखिम पनि बढ्दै गएको छ ।

अत्यधिक चिसोका कारण बालबालिका र बृद्धा बढी प्रभावित भएका छन् । चिसो बढेको कारण गुलरियाका सरकारी कार्यालयमा आइतबार सेवाग्राहीको संख्या पातालिएको छ । चिसो छल्न सर्वसाधाले आ–आफ्ना घरमा आगोको सहारा लिनु प¥र्यो । दिउसो अलि घाँम देखिएपनि ठन्डी महसुस हुन हराएन ।

चिसो बढेसंगै बालबालिका, बृद्धबृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न चिकित्सकले आग्रह गरेका छन् । चिसोबाट बच्न बाक्लो कपडा लागउने र तातो पानी खानेसमेत सुझाएका छन् ।

चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । चिसो बढ्ने क्रममा रहेको र यो क्रम अझै केहीदिन चल्ने हुँदा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय