न्युनतम सेवा मापदण्डमा अब्बल बर्दिया अस्पताल
मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित

बर्दिया, पुस ६ (फरकसमाचार)

बर्दिया अस्पतालले न्यूनतम सेवा मापदण्डको कार्यान्वयमा ८६ अंक प्राप्त गरेको छ । अस्पतालले गरेको कार्य सम्पादन अनुसार १ सय अंकमा ८६ अंक प्राप्त गर्न सफल भएको स्वास्थ्य सेवा विभागका डा.निरन्जन पन्तले बताएका हुन् । सोमबार बर्दिया अस्पतालको न्युनतम सेवा मापदण्डको आठांै फ्लोअप कार्यशाला गोष्ठीमा सो कुरा बताएका छन् ।

डा. पन्तले बर्दिया अस्पतालको आफैले मुल्याङ्कन गरेका छन् । बर्दिया अस्पतालले विगतका वर्ष भन्दा आफ्नो सेवा सुविधाका साथै भौतिक संरचना र व्यवस्थापकिय पक्षलाई सुधार गर्दै गईरहेको उनले बताए । न्युनतम जनशक्तिमा पनि बर्दिया अस्पतालले गुणस्तरीय सेवा दिईरहेको सुनाए ।

अस्पताललाई गुणस्तरीय बनाउन स्थानीय सरकारको पनि महत्वपुर्ण भुमिका रहने स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले बताए । बर्दिया अस्पताललाई १ सय अंकमा ८६ अंक प्राप्त गर्नको निम्ति अहोरात्र खटिएर काम गरेको बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेलाई यसको श्रेय जाने बताए । डा.पाण्डेको नेतृत्वमा बर्दिया अस्पतालको टिम राम्रो कार्य सम्पादन गरेको सुनाए । अस्पताललाई चाहिने आवश्यक जनशक्तिको व्यवस्थापन गर्न आफुले पहल गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले आफु प्रजिअ रहेर काम गरिरहेको जिल्लाको अस्पतालले ८६ अंक प्राप्त गर्दा यसको बोनस आफुलाई पनि प्राप्त भएको बताए । अस्पताल विकास समिति र मेसु डा. पाण्डेको नेतृत्वमा अस्पताल टिमले कार्य सम्पादन गरे वापत सो अंक प्राप्त गरेको खुसी व्यक्त गरे ।

लुम्बिनी प्रदेश र स्वास्थ्य विभागबाट आएका प्रतिनिधिहरुलाई सिकलसेल रोगलाई र्निमुलकरण गर्न प्रजिअ सुनारले आग्रहसमेत गरेका छन् । बर्दिया जिल्लामा थारु समुदायको ५२ प्रतिशत बहुल्यता रहेको बताए । विषेशगरी थारु समुदायमा देखिने यो रोगलाई र्निमुलीकरण गर्न मास्टर प्लान बनाएर अगाडि बढ्नु पर्ने बताए । यस रोग र्निमुलकरणको लागि मेसु पाण्डेले मास्टर प्लान बनाउनु पर्ने र त्यसमा स्थानीय, प्रदेश र केन्द्र सरकारले आवश्यक सहयोग गर्नुपर्ने सुझाए । त्यसै गरी हात्तीपाईले रोगलाई केन्द्रले प्राथमिकतामा राख्नुपर्ने प्रजिअ सुनारको भनाई छ । सर्ने रोग भन्दा नसर्ने रोगको बिगबिग रहेको बताए ।

दिन दिनै दुर्घटनाका घटना बढ्दै गएको सुनाए । आत्मा हत्या गर्नेको संख्या पनि बढ्दै गएको छ । यस्ता घटनालाई प्रजिअ सुनारले नसर्ने रोग बताएका छन् । यसलाई न्युनिकरण गर्न प्रदेश र स्वास्थ्य विभागले विषेश कार्यक्रम ल्याउनु पर्ने जानकारी दिए । दुर्घटना र आत्मा हत्याका घटना किन बढिरहेका छन् यसको खोज प्रताल गर्न जरुरी रहेको प्रजिअ सुनारले बताए ।

अस्पतालले गरेको कार्यको प्रस्तुतिकरण बर्दिया अस्पतालका मेसु सुभाष पाण्डेले गरेका थिए । बर्दिया अस्पतालले न्युन जनशक्तिमा प्रभावकारी सेवा दिन अब्बल छ । बिगतको वर्ष भन्दा प्रत्येक सेवामा सेवाग्राहीको संख्या वृद्धि हुदै गएको अस्पतालको रेकर्डले पुष्टि गर्छ । अस्पतालको बिगतका संरचना फेरिएका छन् ।

जिर्ण रहेका पुराना संरचना मर्मतसम्भार गरी आकर्षण बढेको छ । त्यसैगरी कतिपय नयाँ संरचनाको निर्माण भएको छ । अस्पतालले नयाँ सेवा सुविधा विस्तार गरी जिल्लावासीलाई सेवा दिन सफल रहेको छ । अस्पतालको यो सफलता जिल्लावासी सामु सुखद बनेको छ । सानो समस्याको लागि अन्य जिल्लामा गएर उपचार गर्ने बाध्यता हटेको छ । न्युनतम सेवा मापदण्डको आठांै फ्लोअप कार्यशाला गोष्ठीमा अस्पताल विकास समितिका अध्यक्ष अंगद श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारु, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, प्रहरी उपरीक्षक ईश्वर कार्की, अस्पतालका मेसु सुभाष पाण्डे, स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी, गुलरिया नगरपालिकाका सुचना अधिकारी मुकुन्द आर्यालय, स्वास्थ्य शाखाका प्रमुख सुनिल पाण्डे लगायत अस्पतालका पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय