चार दिन देखि ६ वर्षिय बालिका बेपत्ता, नहरमा खसेको आशंका
बुधबार, पुष ०७, २०७८ मा प्रकाशित

दिनेश ठाकुर

बर्दिया, पुस ६

बारबर्दिया नगरपालिका– ८ की ६ वर्षिय देबिका खनाल शनिबार देखि बेपत्ता रहेकी छन् । बालिका घर बाहिर खेल्ने क्रममा शनिबार साँझ ६ बजे देखि बेपत्ता भएकी हुन् ।
बालिकाको चप्पल घर नजिकै रहेको पथरिया (थानथने) खोलामा भेटिदा बालिका डुबेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । चार दिन पुरा हुँदा पनि बालिकाको पत्ता लागेको छैन ।

‘खोला वरीपरि, जंगल, गाउँघर, बजार क्षेत्रमा नानीलाई खोजी गरेको’ बालिकाको अंकलले भने, ‘सबै ठाउँमा खोजी गर्दा पनि नानी अझैसम्म फेला परेको छैन ।’ बालिकाको आमा बुवा सुर्खेतमा होटल संचालन गरेर बस्ने गर्छन् । बालिका आफ्नो अंकल अन्टिसंग बसेकी थिईन् । बालिकाको अन्टि हस्पिटलबाट सुत्केरी भई त्यहि दिन डिस्चार्ज भई घरमा आएकी थिईन् । म पनि कुखुरा लिन आफ्नो दिदी घर जाँदा बालिका बेपत्ता भएको उनको अंकलले सुनाए । बालिका एक्लै घर बाहिर खेल्ने क्रममा बेपत्ता भएको उनले जानकारी दिए ।
बेपत्ता बालिकाको खोजी कार्यमा स्थानीय र भारी मात्रामा प्रहरी परिचालन भएका छन् ।

मंगलबार बालिका बेपत्ता भएको ठाउँमा पुगेका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बालिको खोजी गर्न गोताखोरको टोली परिचालन भएको बताए । ‘बालिका खसेको चार दिन भयो’ प्रजिअले भने,‘पहिला घरतिर यताउता गएको भनेर प्रहरी र स्थानीयले खोजी गरे ।’ खोलामा फेला परेको चप्पलको आधारमा बालिका खोलामा खसेको सन्दर्भमा नहरका बेरियर काटेर सुरुङभित्र पनि खोजी कार्य भईरहेको प्रजिअ सुनारले जानकारी दिए ।

बालिकाको खोजी कार्य तिब्र पारिएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए । खोजी कार्यमा बङगलादेशबाट तालिम प्राप्त डिएसपीको कमाण्डमा ११ जनाको टोली खटिएको उपरीक्षक रावतले जानकारी दिए ।

खोजी कार्यमा खटिएको तालिम प्राप्त टोली पानी मुनी ४५ मिनेट देखि १ घण्टासम्म रहेर खोजी कार्य गर्न सक्छन् । त्यस्तै इलाका प्रहरी कार्यालय बाँसगढीबाट प्रहरी निरीक्षक बिरेन्द्र थापाको कमाण्डमा ७ जनाको टोली, प्रहरी चौकी कतर्नियाबाट प्रहरी सहायक निरीक्षक राम बहादुर शाहीको कमाण्डमा ७ जना र कतर्निया बेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक सर्वजित थापाको कमाण्डमा ९ जनाको टोली खटिएको छ ।
बालिकाको खोजी कार्यलाई प्राथमिकता राखी भारी मात्रामा प्रहरी टोली परिचालन भएको उपरीक्षक रावतको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय