पुत्ला जलाउने समुहलाई अराजक भिडको आरोप
बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित

बर्दिया, पुस ८ (फरकसमाचार)

पुत्ला जलाउँने कार्य प्रति आक्राषित हुदै गुलरिया नगरपालिका–९ का अध्यक्ष पासीले कानुनी राज्यलाई अटेर गरेको भन्दै दोषीलाई पक्राउँ गर्न पर्ने बताएका छन् । गुलरिया नगरपालिका– ९ का वडा अध्यक्ष हरि पासीको बुधवार एक समुहले वडा कार्यालय अगाडि पुत्ला दहन गरेको हो ।
जबरजस्ती ढंगले ४० देखि ५० जनाको समुहले अस्लिल नारा बाजी सहित पुत्ला जलाउँनु कामले प्रश्रय पाएको पासीले बताएका छन् ।

वार्ता, समन्वय र छलफलबाट टुगिंने विषयमा अराजक भिड ल्याउँने जो कोहि पनि कारबाहीको भागीदार बन्न पर्ने उनको माग छ । जसपाका नेता तारा बहादुर सुनारको नेतृत्वमा पुत्ला जलाउँने कार्यको पासीले घोर भर्सना गरे ।

‘सबै कुरा हान र मारबाट सम्भव हुदैन’ उनले भने, ‘यस्ता गिरोहलाई राज्यले समयमा नियन्त्रण लिनु पर्छ ।’ स्थानीय सरकारको मर्म र भावना माथी प्रस्तुत हुने अराजक तत्वलाई पक्राउँ गरी निरुत्साहित गर्न पर्ने उनले तर्क गरे । ‘ म एउटा पात्र मात्र हुँ’ उनले भने,‘यस्ता किसिमका हुल्दगांले नराम्रो स्थिति सिर्जना हुन सक्छ ।’

स्थानीय सरकारसँग आफ्नै किसिमको कार्यशैलि र कानुनलाई आधार मानेर काम गरिरहेको बेला अराजक भिड बोकेर सेवाग्राही मैत्री सरकारको माथी आच ल्याउँन खोजेको आरोप लगाए । तारा बहादुर सुनार जसपाको नेतृत्व गर्ने हुनाले चुनावी माहोल सिर्जना गर्न मेरो पुत्ला जलाएको भन्ने उनको आरोप छ ।

चुनावमा जित हासिल गर्न अराजकको भिडले सम्भव नहुने उनले बताए । ‘जनताको सुख दुखमा साथ दिनुस्, बल्ल चुनाव जित्न सक्नु हुन्छ’ सुनार तर्फ ईगित गर्दै भने,‘मेरा जनतालाई कसरी राहत पुराउँन पर्छ मलाई थाहा छ ।’

पासीका अनुसार नामावली छुट भएकोमा वडा सरकार गम्भिर छ । कर्मचारीको त्रुटिले भएको सामान्य गल्ती सच्चाउँने क्रममा कार्यालयमा छलफल भईरहेको छ । अराजक भिड ल्याएर हमलाको शैलीमा प्रस्तुत हुने जो कोहीलाई स्थानीय प्रशासनले कारबाही गर्न पर्ने उनले बताए । धान वा नगदे बाली नामावली र लगत संकलनको बिषयमा जनतालाई साक्षी राखेर नेता सुनारले ठूलो काम गरे भन्नु दुर्भाग्य भएको भनाई छ । कर्मचारीको त्रुटिले समाबेश हुन नसकेका किसानको नामावली नगर प्रमुखको समन्वयमा संकलन गरी क्षति पुर्तिको लागि पहल गर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर