चार दिन देखि बेपत्ता बालिकाको शब भेटियो
बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित

बर्दिया, पुस ८ (फरकसमाचार)

बारबर्दिया नगरपालिका–८ कि ६ बर्षिय बेपत्ता बालिकाको शब बुधबार फेला परेको छ । घर नजीकै खेल्ने क्रममा देवीका खनाल नाम गरेकी बालिका बेपत्ता भएकी थिईन् । बेपत्ता बालिकाको चप्पल घर नजिकैको पथरिया खोलामा भेटिएपछि नहरमा डुबेको शंका परिवारले गरेपछि खोजी कार्य शुरु गरिएको थियो ।

चप्पल खोलामा भेटिएकाले बालिका खोलामा खसेको आसकां गरि खोजी गर्न भन्दै स्थानीय प्रशासनलाई परिवारलाई आग्रह गरेका थिए ।
बालिका बेपत्ता भएपछि तिब्ररुपमा खोला वरीपरि, जंगल, गाउँघर, बजार क्षेत्र सबै ठाउँमा खोजी गरिएपनि फेला परेकि थिईनन् । बालिकाको चप्पल पथरिया खोलामा स्थानिय भाषामा थानथाने खोलामा स्थानीय, प्रहरी तथा सशस्त्र प्रहरीले संयुक्त रुपमा खोजी गरेपछि सशस्त्र प्रहरीले बालिकाको शब फेला पारेको हो ।

खोजी कार्यमा बङगलादेश बाट तालिम पाएका सशस्त्र प्रहरी डिएसपिको कमाण्डमा ११ जनाको टिमले अड्किएको अबस्थामा बालिकाको शब निकाल्न सफल भएकोे सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय