भारतको बेहनुवा कुवा बोर्डरबाट काठ तस्करी भएको खुलासा
बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित

बर्दिया, पुस ८ (फरकसमाचार)

भारतको बेहनुवा कुवा स्थित भारतीय संरक्षित बनबाट काठ तस्करी भएको खुलासा भएको छ । उक्त ठाउँबाट साल र विभिन्न जातको फडानी गरी अबैध काठ तस्करी गर्ने गिरोह सक्रिय रहेको खुलेको छ । भारत संरक्षित बन कतरनिया मुर्तिहाको संरक्षित बनबाट नेपाल भित्रिएको काठ सशस्त्र प्रहरीले धमाधम बरामद गरेको छ ।

दुई साता भित्रमा सय भन्दा बढि अबैध सालको काठ बरामद गरेको रेर्कडमा देखिन्छ । शनिवार बिहान वन डिभिजन कार्यालयका सहायक वन अधिकृत आनन्द शाहको टोलीले कर्णाली समिलबाट अबैध काठ बरामद गरेको छ । बिभिन्न समयमा बरामद भएका काठ भारतको सीमावर्ती जंगलबाट नेपाल भित्रिएको पाईएको छ ।

शनिवार विहान वन डिभिजनले अबैध सालको ५० क्यूफिट काठ बरामद गरेको थियो । भारतीय जंगल फडानी गरेर ल्याएको अबैध काठ बरामद गरेको सहायक बनअधिकृत शाहले बताए । ‘भारतका जंगलबाट काठ आउँने गरेको हामीसँग सुचना थियो’ उनले भने, ‘गोप्य सुचनाको आधारमा परिचालित टोली अबैध काठ बरामद गरेको हो ।

’ प्रारम्भिक अनुसन्धानबाट भारतीय काठ रहेको खुलेको छ । भारतीय बेहनुवा कुवा क्षेत्रमा भारतीय अधिकारीको पातलो उपस्थिति हुनाले काठ तस्करी भईरहेको स्रोतको दाबी छ । ‘उक्त क्षेत्रका सालको काठ लगायत बिभिन्न प्रजातिको रुख काटिएपछि पुष्टि भएको हो’ उनले भने, ‘तस्करका गिरोह उक्त सक्रिय रहेको पाईन्छ ।’ भारतमा तस्करी भएको खुलासा भएसँगै उक्त क्षेत्रमा भारतीय अधिकारीले अनुसन्धान शुरु गरेका छन् ।

सीमावर्तीमा भारतीय अधिकारीले के कति कारण वा कस्को कमजोरीले काठ तस्करी गरिरहेको अनुसन्धानलाई तिब्रता दिएको पाईएको छ । फरक समाचारले भारतीय काठ तस्करी भईरहेको खुलासा गरेसँगै बहराईच जिल्लाबाट वन अधिकारी सीमा क्षेत्रमा खटिएको सीमा क्षेत्रका एक स्थानीयले बताए । ‘जिल्लाबाट वन अधिकारी टोली खटिएको छ’ उनले भने,‘संरक्षित वन सुरक्षाका लागि खटिएका कर्मचारीलाई सोध पुछ भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर