यातायात व्यवसायीले ढाँट थाप्दा यात्रुलाई सास्ती
शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, पुस ९  यता आउनुहोस् । कहाँ जाने हो । यता आउनुस न । त्यतिले नपुगेर हात समातेर आउनु होस् भन्दा गुलरिया बसपार्क पुग्ने सर्वसाधारण अत्तालिन्छन् । यो क्रम एकदिनको भने होईन । लामो समय देखि गुलरिया बसपार्कमा देखिने यस्तो दृश्यले सबै ध्यान खिचेको छ । टिकट काउँन्टर अघि टेबल र कुर्सी लगाएर बसेको ति यूवा लामो समय देखि यस्तै यस्तै काम गर्दै आएका छन् ।

मनोमानी तरिकाले ढाँट संचालन गरेर लामो समय देखि यातायात व्यबसायी आबद्धले सर्बसाधारणलाई दुःख दिईरहेको गुनासो आएको छ । सार्वजनिक यातायातबाट यात्रा गर्ने सर्वसाधारणले दुःख पाईरहेको स्थानीयले बताए । ‘हामीले टुलुटुलु हेरेर बस्न बाध्य छौ’उनी भन्छन् ‘टिकट काट्न आउँने यात्रुलाई भैंसी र बाख्रालाई व्यबहार गरे जस्तो गर्छन् ।’ गुलरिया बसपार्कमा दुई वटा प्रालिका काउन्टर छन् । सटरमा काउन्टर पनि छ । यात्रु आउँने मुखमा धराप थापेर यातायात व्यबसायी संघमा आबद्ध यूवा बस्छन् ।

जब यात्रु गन्तव्यका लागि उक्त ठाउँमा पुग्दा दुबै प्रालिका युवा सक्रिय हुन्छन् । गन्तव्यमा पुग्न टिकट काट्न पुगेका यात्रुलाई भिन्न भिन्न प्रालिका यूवाले एकएक गरी एउटाले एउटा पाखुरा र अर्कोले अर्को पाखुरा समातेर झयाक्क झुक्क पार्ने काम हुँदा सास्ती भईरहेको छ । यात्रुलाई सास्ती हुने हुनाले दुई वटै प्रालिले स्वस्थ प्रतिस्पर्धा गर्न पर्ने सर्वसाधारण यात्रु रमेश लोधले बताए । ‘हामीले सोधी खोजी गरी टिकट काट्न पाउँनु पर्ने व्यबस्था हुन पर्यो’ उनले भने, ‘कमसलमा राम्रो टिकट काट्नका लागि हामीले मौका पाउँदैनम ।’ ढाँट हटाएर यात्रुलाई सहज बातावरणमा टिकट काट्ने व्यबस्था मिलाई दिन सम्बन्धित निकायसँग उनले आग्रह गरे ।


नगरपालिकाले पहल गरे मात्र उक्त समस्या हट्ने कृष्णसार यातायात व्यवसायी प्रालिका अध्यक्ष शम्भु रिजालले बताए । ‘एउटाले ढाँट थाप्ने, अर्काले नथाप्ने भन्ने हुदैन’ उनले भने, ‘नगरपालिकाले चाहेमा व्यबस्थापन गर्न सक्छ ।’ उता, नगरपालिकाले बसपार्कमा राजश्व असुल गरेपनि हाम्रो प्रालिलाई भवन उपलब्ध नगराउँदा समस्या भएको कृष्णसार यातायात प्रालिका अध्यक्ष इतमाल अलि सैयदले बताए । ‘हामीले पटक पटक पत्राचार गरेका छौ’ उनले भने, ‘हाम्रो सुनवाई गुलरिया नगरपालिकामा हुदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर