वडा अध्यक्ष पासीको मनोमानी ः कार्यकर्तालाई राहत,किसानलाई आहात
शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित

बर्दिया, पुस ९

गुलरिया नगरपालिका–९ का अध्यक्ष हरि पासीले मनोमानी गरेको तथ्य सार्वजनिक भएको छ । किसानले पाउँने क्षतिपुर्तीका लागि गरेको सिफारिसमा वडा अध्यक्षले मनोमानी गरेको खुलासा भएको हो । बाढीपिडित किसानको नाम सिफारिस गर्नु पर्नेमा अबैध असुल गरेर गैर बाढी पिडितलाई सिफारिस गरेको भन्दै स्थानीय आक्रोषित छन् ।

असोज ३१ देखि कात्तिक ३ गते बेमौसमि बर्षाका कारण डुबानमा परेका किसानको नामावली लगत संकलन गर्दा किसानलाई दिने राहतमा कार्यकर्तालाई समावेश गरी अध्यक्ष पासीले सिफारिस गरेको भन्दै स्थानीय किसान आन्दोलनमा उत्रेका छन् ।

किसानले कार्यालयमा बुझाएका निवेदनलाई लुकाएर कार्यकर्ताको नाम सिफारिस गरेकोे वडा अध्यक्षलाई आरोप लागेको छ । ५ सय भन्दा बढी किसानको नामावली संकलन र निबेदनलाई लत्याएर गैर बाढी पिडित ९ सय ७६ जनाको नाम कृषि शाखालाई सिफारिस गरेको पाईएको छ ।

आक्रोषित किसानले वडा अध्यक्ष विरुद्धमा दिन दिनै चर्को नारा बाजी गरिरहेका छन् । आन्दोलनमा उत्रेका किसानका कारण वडा कार्यालयको काम काज ठप्प छ । वडा अध्यक्ष पासीले मनोमानी गरेको भन्दै तत्काल किसानको माग सम्बोधन गर्न पर्ने एमालेका गुलरिया नगरपालिकाका नगर अध्यक्ष अंमर खड्काले बताए । ‘वास्तविक किसानको निवेदन लुकाएर गैर बाढी पिडितलाई राहत वितरण गर्न पाईन्छ,’ प्रतिप्रश्न गर्दै बास्तविक किसान राहतबाट बन्चित भए चरण बद्ध आन्दोलन गर्न बाध्य हुने उनले बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय, बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार समक्ष किसानको माग सम्बोधन गर्न ज्ञापन पत्र बुझाएका छौं । बुधवार ताराबहादुर सुनारको नेतृत्वमा निस्केका आक्रोषित किसानले निष्पक्ष छानविन गर्न दवाब शुरु प्रर्दशन गरेका थिए । प्रर्दशन गर्ने क्रममा रहेका किसानलाई अध्यक्ष पासीले धरपकड गरेको सार्वजनिक भएको छ ।

निष्पक्ष छानविनको मागका लागि आन्दोलनमा उत्रेका किसानले बुधवार अध्यक्ष पासीको पुत्ला दहन गरेको थियो । अध्यक्ष पासी मुर्दाबाट, किसानको सिफारिसको नामावलीका निष्पक्ष छानविन गर, लगायत माग किसानले अघि सारेका छन् । कृषि शाखामा सिफारिस भएका नामावली वास्तविक भएको अध्यक्ष पासीले बताए । ‘कर्मचारीको त्रुटिले निवेदन हराएका होलान्’ उनले भने, ‘आन्दोलनकारीले भने जस्तो होइन ।’

बेमौसमि बर्षाले क्षति भएको राहतका लागि गर्ने सिफारिसमा अनिमियतता भएको कुरा बाहिर आएको प्रमुख जिल्ला अधिकारी सुनाले बताए । ‘वडा कार्यालयले गरेको सिफारिसको बारेमा कुरा आएको छ, ज्ञापन पत्र पनि बुझेको छु’उनले भने,‘सत्य तथ्य छानविनको लागि प्रक्रिया अघि बढाउँछु ।’स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय