नेपाल उत्पीडित जातीय मुक्ति समाजको स्थापना दिवसमा विविध कार्यक्रम
शनिबार, पुष १०, २०७८ मा प्रकाशित

बर्दिया, पुस १०

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३४औं स्थापना बर्दिया जिल्ला विविध कार्यक्रम गरि मनाईएको छ ।
दलित समूदायको हक अधिकार र जातिय विभेद अन्त्यका लागि स्थापना भएको नेकपा एमाले जनबर्गिय संघसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले हरेक वर्ष देशै भरि स्थापना दिवस मनाउने गरेको हो ।

कार्यक्रममा बौल्दैै प्रमुख अतिथि पुर्ब बाणिज्य तथा आपूर्ति मन्त्री प्रतिनिधि सभा सदस्य नेकपा एमालेका निर्बाचन आयोगका केन्द्रिय सदस्य बिमला बिकले एक्काइसांै सताब्दीमा पनि मान्छे मान्छे विच विभिद हूनु मानविय अपराध भएकोले जातीय विभेदको अन्त्यका लागि सवै क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिईन् । साथै उत्पीडित समुदायको मुक्तिका लागि नेकपा एमाले सदैव अग्रस्थानमा रहेको उनले बताईन् । जातीय विभेद सामाजिक अपराध भएकाले सवै क्षेत्रबाट यसको अन्त्यका लागि लाग्नु पर्ने उनको भनाई थियो ।

नेकपा एमालेका केन्द्रिय सदस्य कार्यक्रमका बिशिस्ट अथिती शोभा ज्ञवाली उत्पीडनमा परेका दलित समुदायको मुक्तिको लागी नेकपा एमाले हेरक क्षेत्रबाट संघर्ष गर्दै आएको बताउदै पार्टीका विभिन्न निकायमा दलित समुदायको सहभागिता गराउदै आफू सदैव जातीय विभेदको विरोधमा लागिरहेको बताईन् ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य भक्त बहादुर बिक नेपाल उत्पीडित जातिय मुक्ति समाजले अहिले दलितहरूका लागी हरेक वार्ड स्तरमा एउटा महिला सदस्य अनिवार्य राख्ने ब्यबस्था गरेको बताउदै सम्पूर्ण मुक्ति समाज न्यायको लागी एकजुट हुन आग्रह गरे ।
नेकपा एमाले जिल्ला सदस्य, मुक्ति समाज बर्दियाका अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष भुपेन्द्र सेरालाले अब हुन लागेको जिल्ला कमिटीमा

नेपाल उत्पीडित जातीय मुक्ति समाजको स्थापना दिवसमा विविध कार्यक्रमदाधिकारीमा एक जना दलितबाट राख्नु पर्ने माग गरे । सबै हामी आ–आफ्ना हक अधिकारका लागि एक ढिक्का हुन आग्रह गरेका थिए । कार्यक्रमका प्रमुख अथिती बिमला बिक द्वारा शुक्रबार नेपाल उत्पीडित जातिय मुक्ति समाजको बोर्ड बाचन गरि पार्टी कार्यालय गुलरिया बर्दियामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय