मानव अधिकार उल्लघनको घटना अभिलेख गर्न पर्नेमा जोड
शनिबार, पुष १०, २०७८ मा प्रकाशित

मानबहादुर चौधरी
बर्दिया, पुस १० / मानवअधिकार उल्लघनका अभिलेख राखी इन्सेकले वार्षिक पुस्तक सम्पादन गरेको छ । वर्षपुस्तक वार्षीक सम्पादन पुर्वसमिक्षा कार्यक्रममा सहभागिहरुले आर्थिक र सामाजिक रुपमा विभेद भोगिरहेका समुहका मानव अधिकार उल्लघनको घटना अभिलेखमा पनि जोड दिनु पर्ने बताए ।

शुक्रबार इन्सेकले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले राज्यले मानव अधिकार संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने जिम्मेवारी रहेको बताउँदै सोही अनुसार काम गर्दै आएको बताए । इन्सेकले आफ्नो स्थापना समय देखि नै मानवअधिकारको सवालमा महत्वपूर्ण कार्य गर्दै आएको र समय अनुसार सामान्य लाग्ने तर ती कुराले मानिसलाई मानिस भएर बाँच्नलाई अवरोध गरिरहेको विषयलाई पनि इन्सेकले गम्भिरता पुर्वक उठाउन प्रमुख जिल्ला अधिकारी सुनारले आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपि ईश्वर कार्कीले प्रहरी जहिले पीडितको पक्षमा प्रेसरमा नरही स्वतन्त्र रुपमा काम गर्दै आएको बताए । नेपाल प्रहरी बिशुद्ध कानुन कार्यान्वयन गर्ने निकाय भएकोले कसै कतैको दवाव, प्रभाव भन्दा माथि उठेर काम गर्दै आएको बताउँदै सामाजिक मुद्धा सम्बोधन र न्यूनिकरण गर्न धेरै समय लाग्न सक्ने तर यसका लागि सबै सरोकार आ–आफ्नो ठाउँबाट जिम्मेवारी पुरा गर्न सके असम्भव पनि नरहेको पनि प्रहरी उपरिक्षक कार्की बताए ।

बर्दिया जिल्लामा आत्महत्याका घटना स्वास्थ्य समस्याका रुपमा रहेको बताए । सो समस्या आर्थिक सामाजिक, सांस्कृतिक धरातलको अवस्थाले काम गरेको हुन सक्ने बताउदै यसलाई हटाउन राज्य र गैरसरकारी क्षेत्रले हातेमालो गरेर अगाडी बढ्न पर्नेमा जोड दिए । आत्महत्या न्यूनिकरणका लागि आफुले योजना बनाएर ल्याउने तयारी गरिरहको बताउदै सबै पक्षबाट सहयोग सहकार्य गर्दै काम गर्नपर्नेमा एसपी कार्कीले जोड दिए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी मानवबहादुर चौधरीले सन २०२१ जनवरी देखि डिसेम्बरसम्म बर्दिया जिल्लामा घटेका मानवअधिकारसंग सम्बन्धीत घटना प्रस्तुत गरेका थिए ।

प्रस्तुत घटनामा बालबालिका बलात्कार तथा बलात्कार प¥यास ३५, महिला बलात्कार १८, महिला माथि दुब्र्यवहार ३, बालविवाह ३, बहुविवाह १५, जातिय छुवाछुत २, बोक्सीको आरोप २, आत्महत्या दुरुत्साहन २, बालिका वेपत्ता १ गरी ८२ वटा रहेका छन् । इन्सेकले विगत २७ वर्ष देखि नेपालको सबै जिल्लामा मानवअधिकार उल्लघनका घटना अनुगमन तथा अभिलेख गरी हरेक वर्ष नेपाल मानवअधिकार वर्ष पुस्तकको रुपमा पुस्तक प्रकासन गर्दै आएको छ ।

सो अवसरमा अन्य सहभागिहरुले बालबालिकाहरु माथि हुने बलात्कार लगायत घटनामा बृद्धि हुनु चिन्ताको विषय भएको बताउँदै हाम्रो सामाजिक बिकास गलत बाटो तर्फ गइरहेको होकी भन्ने चिन्ता व्यक्त गरेका थिए ।

बालविवाह निरन्तर भइरहेको अवस्था भएपनि सरकारी तथा गैरसरकारी सरोकारवालाहरुबाट एकिन तथ्याङ्क आउन नसकेको अवस्थामा इन्सकेले यसतर्फ ध्यान दिनुपर्ने, जेष्ठ नागरिकहरु माथि भइरहेको हिन्साका घटनालाई पनि समेट्न पर्ने, सम्बन्धीत सरोकोरवालाहरुसंग समन्वय सहकार्य नपुगेकोले यसतर्फ ध्यान दिन पर्ने सहभागिहरुले जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय