अटो रिक्सामा कैदी सरर…
बुधबार, पुष १४, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, पुस १४ ÷ गाडीमा उच्च सुरक्षाकासाथ औषधी उपचार तथा जिल्ला अदालतमा लग्ने कैदीहरुलाई बर्दिया कारागारले अटो रिक्सामा लग्ने गरेको छ । अटो रिक्सामा कैदीहरुलाई लैजाँदा कैदी भाग्ने जोखिमको सम्भावना हुन्छ ।

विभिन्न किसिमका अपराधमा कैद सजाय भोगिरहेका कैदीहरुलाई उच्च सुरक्षामा राख्नु पर्ने प्रावधान रहेको छ । तर बर्दियाका कैदीहरुलाई अटो रिक्सामा राखेर जिल्ला अदालत पेशी लिन र औषधी उपचारको लागि कारागार प्रशासनले पठाउँदा कतिको सुरक्षा रहेको स्थानीयमा शंका उपशंका बढेको छ । यतिबेला घोराही कारागारबाट नाईके भागेको घटनाले चर्चा पाईरहेको छ ।

फरकसमाचार संवाददाताले कैदीहरुलाई अटो रिक्सामा कारागारबाट बाहिर पठाउँदा भाग्ने जोखिम कति रहेको जानकारी लिदाँ कैदी भाग्ने जोखिम नरहेको जेलर डिल्ली चन्द्र पौडेलले दाबी गरे । घोराहीको घटनाले हामी पहिलै सर्तक रहेको बताए । ‘दुई साता अघि कारागारको गाडी बिग्रेको छ’ जेलर पौडेलले भने, ‘गाडी बन्न अझै दुई महिना लाग्न सक्छ ।’ कारागारमा रहेको गाडीको ईन्जिन सिज भएको जानकारी दिए । गाडीको सामान नमिल्ने भएर समय लाग्ने जानकारी दिए ।

गाडी बिग्रेकोले कैदीहरुलाई कारागारबाट बाहिर लग्नुपर्दा सुरक्षा व्यवस्था मिलाएर लग्ने गरेको जेलर पौडेलको भनाई छ । हाल बर्दिया कारागारमा महिलासहित दुई बालबालिका गरी ३६ जना र ३ सय ३७ जना पुरुष गरी जम्मा ३ सय ७३ जना कैदी रहेको जेलर पौडेलले जानकारी दिए । घोराहीमा पनि सुरक्षा व्यवस्था सुस्तदुरुत नभएको पक्कै होइन ।

सुरक्षा व्यवस्था कडा हुँदा हुँदा पनि कैद सजाय भोगिरहेका नाईके प्रहरीलाई प्रलोभन देखार फरार भएका छन् । त्यसैगरी बर्दियामा पनि केही वर्ष अघि जिल्ला अदालतको ट्वाईलेटको झ्यालबाट एक कैदी फरार भएका थिए । जुन कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको थियो । कारागार प्रशासनले कैदी बन्दीलाई अटो रिक्सामा बाहिर पठाउँदा कैदी भागेमा कस्ले जिम्मा लिने भन्ने विषयमा स्थानीयले चर्चा र परिचर्चा गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय