शिर्षक –हिटलर चाहिन्छ (गजल)
शनिबार, पुष १७, २०७८ मा प्रकाशित

दिपक संगम विश्वकर्मा (डोटेली मायालु कान्छो)
टीकापुर,कैलाली नेपाल

चिसो धेरै भयो हिटर चाहिन्छ
हिसाब किताब मिटर चाहिन्छ ।

देशमा भष्टाचार अन्याय धेरै
ठिक पार्न अब हिटलर चाहिन्छ ।

बलत्कारले छोरी धेरै मर्न थाले
न्याय अब हत्यारा मडर चाहिन्छ ।

नेता बनी राज्यलाई जुका झै चुरे
हेरन फेरि तिन्नलाई कदर चाहिन्छ ।

जस्का छोरा बिग्री ट्यापे भाका छन्
तिनलाई फेरि ज्वाइँ सदर चाहिन्छ ।

छोराछोरी राम्रोसँग सुधार गर्ने भय
घरमा एउटा शिक्षित मदर चाहिन्छ ।

भविष्यका कर्णधार बनाउनु छ भने
बच्चा माथी बाआमा नजर चाहिन्छ ।

यो कलि युगको कुरा न गर साईला
याहाँ बच्चालाई पार्टी वियर चाहिन्छ ।

जस्ले नेता बनी एक सिन्को भाचेन
तिन्लाई फेरि सरकार चियर चाहिन्छ ।

जति सरकार आयन कहि पार लागेन
मोदी जस्तो यो देशमा लिडर चाहिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय