नेबिसंघको संगठन बिस्तार र स्व. ज्ञानराज शर्मा जी संगको सम्बन्धः
आइतबार, पुष १८, २०७८ मा प्रकाशित

बासुदेव चौधरी
गुलरिया,बर्दिया

नेपाल बिद्यार्थि संंघको बर्दिया जिल्लामा संगठन बिस्तार गर्न अत्यन्त चुनौतीपुर्ण थियो । २०४६ को जनआन्दोलनको शुरुवातमा पनि नेपाल बिद्यार्थि संघको गाउँहरुमा संगठन थिएन भने जिल्लामा पनि मात्र जिल्ला कार्यसमिति मात्र गठन भएको थियो । तर २००७ सालको क्रान्ती र २०१५ सालको पहिलो आम निर्वाचन तथा २०३६ सालको जनमत संग्रहको प्रभाव स्वरुप बर्दिया जिल्लामा नेपाली काँग्रेस बलियो अवस्था त थियो नै, यसका अतिरिक्त नेपाली काँग्रेसलाई माया गर्ने मानिसहरुको कमी थिएन ।

हामीलाई गाउँ गाउँ गएर संगठन बनाउन त्यति साह्रो कठिनाई भएन । बिद्यालयहरुमा गएर संगठन बिस्तार गर्न बिद्यालयका शिक्षकहरु र प्रधानाध्यापकहरुको असहमतिको चुनौती ब्यहोर्नुपर्ने । सहयोग पनि पाईने अवस्था थियो । त्यतिबेला बिद्यालयका लगभग सबै शिक्षकहरु दुई कित्तामा बाँडिएको अवस्था थियोः प्रजातन्त्रवादी र साम्यवादी कित्ता । जहाँ प्रजातन्त्रवादीहरुको बर्चस्व हुने भयो त्यहाँ नेबिसंघको संगठन गर्न सहयोग हुने भयो, जहाँ साम्यवादीहरुको बर्चस्व हुने भयो त्यहाँ बाधा अडचन आउने भयो । त्यतिबेलाको मेरो अनुभूति के रह्यो भने शिक्षकहरुले नेपालको बामपन्थि र प्रजातन्त्रिक आन्दोलनलाई ठूलो आड दिनुभएको रहेछ ।

बिद्यार्थिहरुलाई पनि ठूलै दवाब थियो, प्रजातन्त्रवादीहरुले नेपाली काँग्रेस तर्फ आकर्षण गर्न भन्ने भए भने वामपन्थीहरुले कम्युनिष्ट पार्टीमा लाग्न भन्ने भए । बिद्यार्थिहरु अलमलमा पर्ने अवस्था थियो । तर धेरैजसो बिद्यार्थिहरुले पारिवारीक आस्थाले र अभिभावकको रुझानले बिद्यार्थि संगठन रोज्ने भए । कुनै कुनै परीवारमा त सैद्धान्तीक चिरा परीसकेको अवस्थामा बिद्यार्थिहरुले धेरै तनाव ब्यहोर्नुपर्ने अवस्था थियो । एउटा उखान छ ”नयाँ जोगीले धेरै खरानी घस्छ” भने जस्तै परीवार भित्र पनि राजनितिक बहसले घर नै चिरा चिरा भएर गएको अवस्था सम्म पुगेको थियो ।

जे होस नेपाल बिद्यार्थि संघको सानो ठूलो र बर्चस्व तथा अल्पमतिय संगठन भए पनि सबै बिद्यालयहरुमा संगठन भने बन्यो । त्यसमा हामी बिद्यार्थिहरुको शिक्षक शुभचिन्तकहरुले ठूलै भूमिका निर्वाह गर्नु भएको थियो । यो बिद्यार्थि संगठनको बिस्तार गर्दा प्रायः म, मुक्ति रेग्मी, सुभाष पोखरेल, यज्ञ राज मजगैयाँ धेरै कुद्यौं । हामीहरु मध्य बिद्यार्थिहरुमा को राम्रो र को नराम्रो भन्ने बहस पनि चल्दो रहेछ । यसमा अध्यक्षको लागि मलाई र मुक्ति रेग्मीको नाम बढी लिईंदो रहेछ । मलाई तत्कालिन अवस्थामा स्व. शुरेशराज शर्मा (वहाँ तत्काल नेकाँको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो) तथा ज्ञानराज शर्मा (वहाँ नेकाँको तत्काल जिल्ला सचिव हुनुहुन्थ्यो) ले मायाँ गर्नुहुन्थ्यो र मलाई वहाँहरुले नेबिसंघको जिल्ला सभापति बनाउन चाहनु भएको थियो ।

उता नेबिसंघको जिल्ला सभापतिमा मुक्ति प्रसाद रेग्मीले पनि आँखा लाउनु भएको थियो । मुक्ति जी को सहोदर भाई नगेन्द्र रेग्मी भने नेबिसंघको केन्द्रिय सदस्य भएकोले वहाँको चाहना पनि मुक्ति जीलाई नै जिल्ला अध्यक्ष बनाउने रहेछ । यसै बिच २०४८ सालमा नेबिसंघको जिल्ला अधिवेशन भयो गुलरियामा । यसबेला म अध्यक्षको दावेदार भएर अगाडी आएको थिएँ भने उता मुक्ति रेग्मी जी पनि आउनु भएको थियो । म कोषाध्यक्षबाट अध्यक्षको दावेदार हुने भएँ भने मुक्ति जी उपाध्यक्षबाट अध्यक्ष हुने दावेदार । यो तनातनी चल्दै गर्दा नेबिसंघका ईकाई प्रतिनिधिहरु रनभुल्लमा पर्ने भय । उनीहरुमा के थियो भने सबैमा एकता होस भन्ने चाहना ।

उनीहरुको चाहना र नगेन्द्र जीको दबाव पनि थियो । उता काँग्रेसका जिल्ला नेतृत्वहरुले मलाई सहयोगीको रुपमा यज्ञराज मजगैयाँ पठाउनु भएको थियो । त्यतिबेला मलाई के ज्ञान थियन भने नेपाली काँग्रेस भित्र लबी र टीम बनीसकेको छ भन्ने । मैले नेपाली काँग्रेसको जे गरेर भलो हुन्छ त्यही गर्ने मनस्थितिमा पुगेको थिएँ र मेरो ब्रम्हले मुक्ति जी उपाध्यक्ष हुन्, म कोषाध्यक्ष । उनैको पालो हो अध्यक्ष हुने भन्ने भयो । यता सुभाष जी सचिव हुन राजी भै सक्नु भएको थियो ।

हामी नगेन्द्र रेग्मीको मध्यस्थतामा छलफलमा बस्यौँ र मुक्ति जीलाई जिल्ला सभापति निर्बिरोध गराएर सबै पद निर्बिरोध गराउन सहमत भयौँ । तर यो मेरो भूल हो भन्ने लाग्छ, मैले निर्बिरोध नछोड्नु पर्ने रहेछ सभापति पद । यदि म सभापति भएको भए नेपाली काँग्रेस जिल्ला नेतृत्वहरुसंग सौहाद्रपुर्ण समन्वय बनाएर नेबिसंघलाई अगाडी बढाएर लिएर जान सक्थें तर मुक्ति जीले त्यसो गर्न सक्नु भएन । नेबिसंघको नेकाँको जिल्ला नेतृत्वहरुसंग दुरी बढ्दै गयो ।

परीणाम स्वरुप २०४८ सालको निर्वाचनमा नेपाली काँग्रेसले बर्दियाको सबै क्षेत्र गुमायो, यद्यपी त्यतीबेला बर्दियाको क्षेत्र नं. २ र ३ नेपाली काँग्रेसको लागि सुरक्षित मानिन्थ्यो ।

अब नेबिसंघको राजतिति दुई धारमा हुने भयो । एउटा मेरो नेतृत्वमा र अर्को मुक्ति रेग्मी जीको नेतृत्वमा । त्यही बेला नेपाली काँग्रेसको पनि जिल्ला अधिवेशन हुने भयो । ज्ञानराज शर्मा जी जिल्ला सभापतिको प्रवल दावेदार हुनुहुन्थ्यो भने वहाँको बिरोधी खेमामा ज्ञानराज जीलाई कसरी पराजित गर्ने भन्ने ध्याउन्न थियो । वहाँको बिरोधमा …….. लाई सभापतिको उम्मेदवार बनाउने भएछन् । म बिद्यार्थि संघको तर्फबाट ज्ञानराज जीको पक्षमा खुलेर लागिसकेको थिएँ भने मुक्ति जीहरु भने वहाँको बिरोधमा । त्यतिबेला मैले राजनिति भित्र के कस्तो सम्म खेल हुँदो रहेछ भन्ने थोरै अनुभव बटुल्न पाएको थिएँ । आफ्नो समर्थकलाई आफैँ बिरुद्ध उठाउन समेत पछी नपर्ने । बिपक्षीको बढी मत काट्न सक्नेलाई आफ्नै पक्षको ब्यक्ति भएपनि प्रतिद्वन्धी बनाएर उभ्याउन पनि पर्ने रहेछ । आफ्नैलाई बिपक्षी तर्फ पठाएर आफ्नै तर्फका आफ्नो नेतृत्वलाई चुनौती दिन सक्नेलाई पछी पार्न पनि पछी नपर्नुपर्ने ।

यस्तो गर्न नसक्नेले त जीन्दगी भरी अरुको भरिया भयर बस्ने बाहेक केही नहुने देखे त्यतीबेला । ज्ञानराज जी का प्रतिपक्षले पनि यि सबै हथकण्डा अपनाएका थिए भने ज्ञानराजले पनि अपनाएका थिए । दुवै तर्फको घम्साघम्सी पछी त्यो अधिवेशनमा ज्ञानराज शर्मा जीले जिल्ला अधिवेशनबाट पहिलो पटक नेकाँको जिल्ला सभापति हुने मौका पाउनु भयो ।

ज्ञानराज शर्मा जी जीवित रहुन्जेल वहाँले प्रतिनिधि सभाको निर्बाचनमा नेपाली काँग्रेसको टीकट पाईरहनु भयो तर हरेक पटक हार ब्यहोर्नु पर्यो । नेपाली काँग्रेस भित्रैबाट वहाँको बारेमा नकारात्मक प्रचार हुने भयो । पञ्चहरुले लगाएको आरोप नेपाली काँग्रेस भित्रका ज्ञानराज बिरोधी खेमाले पनि लगाउने भयो । ज्ञानराज जी मा एउटा सबल भनौ या दुर्वल पक्ष, उनले आफ्नो वा आफ्नो टीमको बिराधी भनेर चिनिएका मानिसहरुसंग कुनै सम्झौता नगर्ने । आफूले जे जस्तो परिणाम ब्यहोर्नुपर्ने भएपनि त्यो ब्यहोर्न तयार, तर सम्झौता नगर्ने । यसको फाईदा उनकै खेमा भित्रका कतिपय मानिसहरुले भरपूर फाईदा लिएका थिए ।

उनलाई बिरोधी खेमासंग सम्झौता गर्न लागेको थाहा पाउनासाथ उक्साई हाल्ने र सम्झौता गर्न नदिने । यो कुरा मैले त्यतीबेला महसूस गरे जब म वहाँ क्यान्सरको पीडाले थला पर्नु भएको थियो र सधैंजसो पेनकिलर इन्जेक्सन लगाएर दुःखाई कम गर्दै हुनुहुन्थ्यो, वहाँसंग भेट गर्न वहाँको निवास नेपालगंजमा भेट गर्न एक्लै गयँ । वहाँले त्यतिबेला मलाई भनेको कुरा अत्यन्त मर्माहत लाग्यो । बासु भन तिम्रो लागि मैले के गर्न सक्छु , तिमीले भने जस्तो तिम्रो लागि गरीदिन्छु । यद्यपी गणेशमान सिंह जीको नाममा त्यतिवेला प्रतिगमनको खेला हुँदा मैले पनि त्यसको हिस्सेदार भयर २०५१ को मध्यावधि निर्वाचनमा साईकल चिन्हको प्रचार गरेको थिएँ । बर्दिया जिल्लामा ज्ञानराज जी हराऔं भन्ने मुख्य एजेण्डा थियो किनभने वहाँ शुशिल कोईरालाको अत्यन्त बिश्वाशिलो नेताको रुपमा चिनिनुहुन्थ्यो । शुशिल कोईराला भने स्व. गिरीजा प्रसाद कोईरालाको ।

वहाँले मलाई यस्तो भन्नु भएको कुरा अझैपनि सम्झना आउँछ । किन यस्तो भन्नु भयो । समुह भित्रबाट किन प्रस्ताव आएन र एक्लै भन्नु भयो भन्ने प्रश्न उब्जी रहन्छ । वहाँ जब मृत्यु नजिक हुनुुहुन्थ्यो तब शायद वहाँको खेमाभित्र वहाँको बिचार र निर्णयले स्थान पाउन छोडको ले हुन सक्छ वा वहाँ अब बाँच्दैन, यो बासुलाई केही भएपनि नेतृत्वमा ल्याउन मुलधारमा ल्याईदिउँ भन्ने लागेर होला । तर त्यो त वहाँले पहिले पनि मलाई छोरा जस्तै बोलाएर गाली गरेर भएपनि गर्न सक्ने थियो ।

किन मृत्युको नजिक पुगेपछी मात्रै यस्तो कुरा गर्नुभयो भन्ने लाग्छ । यसको पछाडी वहाँको टीमभित्र बाटै मलाई नेपाली काँग्रेसको राजनितिबाट आउट गर्ने दवाब थियो किनभने वहाँको टीम भित्र र बाहिरका केहि नेकाँको लिडर बन्न चाहनेहरुको लागि म एउटा चुनौतिको रुपमा देखा परेको थिएँ । शुशिल कोईरालाले पनि मलाई एक दिन आफ्नो निवास (नेपालगञ्ज) मा एक्ले बोलाएर ज्ञानराज जीको किन बिरोध गर्छौ तिमी युवाहरुले ।

ज्ञानराज जीको नेपालको प्रजातन्त्रिक आन्दोलनमा ठुलो योगदान छ । सहयोग गर । मैले वहाँलाई ज्ञानराज जीले सबैलाई मिलाएर लिएर जान सक्नुहुन्न भन्ने जवाफ दिएको थिएँ । वहाँ पक्कैपनि जिमिन्दार परीवारबाट हुनुहुन्थ्यो तर वहाँ बि.पी. कोईरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको अनुयायि बन्नु भनेको वहाँ नेपालमा सामाजिक समानता चाहने ब्यक्ति हुनुहुन्थ्यो भन्ने पक्कै हो ।

वहाँको एउटा पक्ष सम्झौता नगर्ने भन्ने पक्षले मात्रै वहाँलाई आमनिर्वाचनमा जित्न नदिएको र वहाँको टीमभित्रैबाट सम्झौता हुन नदिने कुटील चालको लफ्फाजी र नेकाँ भित्रकै वहाँको बिरोधीहरुको बिरोधी दलको ब्यक्तिलाई आरोप लगाउने भन्दा पनि बढी आरोप र अन्तर्घात ले गर्दा वहाँलाई पराजयको मुख देखाएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय