लुम्बिनी प्रदेशको समायोजनमा बाँकेबाट अम्बिका काफ्ले चयन
सोमबार, पुष १९, २०७८ मा प्रकाशित

बाँके, पुस १९/जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समिति समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजनमा बाँकेबाट अम्बिका काफ्ले चयन भएकी छन् ।

जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितिले तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजन कार्यक्रम बुटवलको बेलबासमा भएको हो ।

विगत लामो समयदेखि समायोजन हुन नसकेको पार्टी एक विशेष समारोह बीच समायोजन गरिएको जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले बताए ।

समायोजना कार्यक्रम मार्फत तत्कालीन समाजवादी पार्टी नेपालबाट ८१ जना र राष्ट्रिय जनता पार्टीका ५० जना गरी कुल १ सय ५१ प्रदेश समिति गठन गरिएको अध्यक्ष यादवले जानकारी दिए । प्रदेश समितिमा १५ जना पदाधिकारी हुनेछन् ।

पूर्वमन्त्री तथा जसपा नेपाल लुम्बिनी प्रदेश इन्चार्ज दान बहादुर चौधरीले नयाँ जोस जगार सहित पार्टी अघि बढ्ने बताए । शनिबार पार्टी समायोजन भएकोले संगठन विस्तार तथा पार्टीको सिद्धान्त अनुसार कार्यकर्तालाई काम गर्न प्रदेश इन्चार्ज चौधरीको भनाई रहेको थियो ।
जसपाका केन्द्रीय सदस्य पूर्वमन्त्री गोविन्द चौधरीले देश बनाउन संघीयतालाई बलियो बनाउन आग्रह गरे । संघीयताको पक्षमा सदैव जसपा नेपाल बलियो खम्बा भएर उभिने पूर्वमन्त्री चौधरीले बताए ।

जसपा नेपालका नेता तथा लुम्बिनी प्रदेश भौतिक पुर्वाधार विकासमन्त्री सहसराम यादवले जसपा नेपालले जनचाहना अनुसार विकास निर्माणका काम गरिरहेको बताए ।

आदिवासी, जनजाती, मधेसी मुस्लिमको हक अधिकार सुनिश्चित गर्ने एकमात्र पार्टी जसपा नेपाल भएको केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज कमल खनालले बताए ।

समायोजन कार्यक्रममा बोल्दै सहइन्चार्ज खनालले अबको निकास र विकासको पार्टी जसपा भएको बताए । सो कार्यक्रममा जसपा नेपालका नारायण खनाल, पूर्व सांसद नरसिंह चौधरी, पूर्वमन्त्री मोहम्मद वकिल मुसलमान लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

नया पदाधिकारीको नामावली

अध्यक्ष अशोक यादव, उपाध्यक्ष अन्दुल रशिद खान, धनेश्वरी चौधरी, अतिउल्ला मुसलमान, मन्नु चौधरी, राज कुमार चौधरी, राज किसोर मिश्र, बदरुधुजा खान, महासचिव यज्ञ प्रसाद पोख्रेल, सचिव लक्ष्मी चौधरी, ठाकुर चौधरी, पान्नेलाल यादव, ओम प्रकाश चौधरी, हिमानी थापा, कोषाध्यक्ष अम्बिका काफ्ले रहेको जनता समाजवादी पाटीका युवा नेता पप्पु यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर