सुध्रिदै बर्दियाको क्रिकेट
मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित

बर्दियाका दुई खेलाडी निर्मल गुरुङ र बिशाल केसीले लुम्बिनि प्रदेश स्तरिय तिलोत्तमा प्रिमियम लिग प्रतियोगितामा भाग लिएर उत्कृष्ट प्रर्दशन गर्ने खेल प्रेमिले बिश्वास लिएका छन् ।

बर्दिया, पुस २० (फरकसमाचार)

गुलरिया नगरपालिका–६ का निर्मल गुरुङको ईच्छा थियो – कुनै दिन राष्ट्रिय खेलाडीसँग म्याच खेल्ने । तर ईच्छा राख्दा राख्दै अभिभावकले पढाईमै भबिष्य देखे । क्रिक्रेट खेलका लागि अभिभावक नै आईरन गेट बनेर उभिएपछि खेल खेल्ने ईच्छा चाहना मै सिमित भयो । अन्तत काठमाडौ बस्दा शिक्षकको सहयोगमा अतर्राष्ट्रिय स्तरको अन्डर १६ को क्याम्पमा छनोट भएको यूवा खेलाडी गुरुङ टिपिएलमा छनोट भएपछि यति बेला चर्चा पाएका छन् ।

क्याम्पमा भागी भागी खेल खेल्न गरेको उनले अनुभव साटे । ‘खेललाई अभिभावकले प्राथामिकता दिनु भएन’उनले भने‘ होस्टेल बस्दा घरमा नसोधेर शिक्षकको समन्वय गेम खेलेको हो ।’ खेलमा निपुर्ण गुरुङको तिब्र ईच्छाले गर्दा यतिबेला सफलता तर्फ डोराएको छ । पुस ८ गते लुम्बिनि प्रदेश स्तरिय तिलोत्तमा प्रिमियम लिग खेल्न अवसर पाएपछि गुरुङ खुसी छन् ।

‘गत बर्ष बलिङ गर्दा हात खुस्कियो’उनले भने,‘ विभिन्न अबरोध विचबाट खेल खेल्ने अवसर पाएको छु ।’ उनी पुस २५ गते हुन थालेको प्रधानमन्त्री कप क्रिक्रेट प्रतियोगिताका लागि पनि दाबेदार खेलाडी हुन् । यस्तै अन्तर्राष्ट्रिय खेल खेलिसकेका मधुवन तारातालका विशाल केसी चम्किलो तारा बनेर क्रिक्रेटमा उदाएका छन् ।

उनले खेल्ने खेल प्रतियोगित अन्तर्राष्ट्रिय जगतमा चिनाउँने खेल प्रेमीले बिश्वास लिएका छन् । केसी र गुरुङ दुबै लुम्बिनि प्रदेशमा आयोजित तिलोत्तमा क्रिक्रेटमा उत्कृष्ट प्रर्दशन गर्ने बर्दिया क्रिक्रेट एकेडेमिका संचालक सिद्धार्थ श्रेष्ठले बिश्वास व्यक्त गरे ।

अभिभावक र बर्दिया क्रिकेट एकेडेमीका संचालक सिद्धार्थले गरेको साथ सहयोग वा प्रेरणाले यस क्षेत्रमा अघि बढ्दै अवसर पाएको गुरुङ बताउँछन् ।

क्रिकेट खेल प्रतिको लगाबले गुरुङ अहिले आफु भन्दा सिनियर खेलाडीहरुसंग टिपिएल खेल्ने अवसर पाएका छन् ‘टिपिएल खेल्न छनौट भएकामा खुसी भएको छु’ गुरुङले फरक समाचार संबाददातासँग भने,‘आफु भन्दा अग्रज खेलाडीसंग खेल्ने मौका पाएँ, यो मेरो लागि राम्रो अवसर हो ।’ यस प्रतियोगितामा सरिक हुँदा अग्रज खेलाडीहरुसंग धेरै कुरा सिक्ने अवसर जुरेको उनको भनाई छ । गुरुङ बायाँ हात स्पिनर बलर हुन् ।

उनले दाङमा अन्डर नाइटिन क्रिकेट प्रतियोगितामा खेलिसकेका छन् । भर्खरै सम्पन्न भएको प्रधानमन्त्री कप भैरहवामा बर्दिया क्रिकेट एकेडेमीबाट भाग लिएका थिए । त्यस खेलमा ४ बिकेट, ३ मिडेन, ७.५ ओभर र २९ रन रुपन्देही विरुद्ध गरेका थिए । त्यसैगरी ४ बिकेट, ४ मिडेन, ८ ओभर र १३ रन कपिलवस्तु बिरुद्ध प्रहार गरेका थिए ।

लुम्बिनी प्रदेशको क्रिकेट लिग तिलोत्तमा प्रिमियर लिग–४ लिगको विजेता टोलीले ४ लाख तथा उपविजेता टोलीले रु.२ लाख नगद पुरस्कार पाउनेछ । साथै प्रथम खेलको म्यान अफ द म्याचले १५ सय, म्यान अफ द सिरिजले २० हजार, बेस्ट ब्यटर, बलरले १० हजार र उदयमान खेलाडीले ५ हजार प्राप्त गर्ने छन् । साथै फेयर प्ले टिमले पनि ४० हजार प्राप्त गर्ने छ । लिग चरणमा हुने खेलको सबै खेल तिलोत्तमाको नव जीवन खेल मैदानमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय