फरक समाचार ,२२ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै पार्टीमा उजुरी परेको छ ।
सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन आयोगमा चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी दिएका हुन् ।
चौधरी अवैधानिक ढंगले केन्द्रीय सदस्य बनेको भन्दै यादवले उनको पद खारेज गरी आफूलाई केन्द्रीय सदस्य बनाउन माग गरेका छन् ।
उद्योगपति चौधरी कांग्रेसको १४औं महाधिवेशनमा मधेसी (खुला)कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
यादवले उजुरी पत्रसँगै विनोद चौधरी विगतमा एमालेबाट सभासद् बनेको प्रमाणसमेत पेस गरेका छन् ।