लुम्बिनी प्रदेश स्तरी प्रदर्शनीको उद्घाटन वनमन्त्री हमालले गर्ने

फरक समाचार , नेपालगन्ज २१ पुष : महिला उद्यमीलाई प्रोत्साहन गर्न नेपालगन्जमा बिहीबारदेखि प्रदेशस्तरीय प्रदर्शनी हुदैँछ । पुष २२ गतेदेखि २६ गतेसम्म नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी हुन लागेको हो । महिला उद्यमी संघ नेपाल(विन)बाँकेको आयोजनामा महिलाहरुद्वारा उत्पादित सामाग्रीहरुको प्रदर्शनी गरिनेछ ।

 

महिला उद्यमी संघ लुम्बिनी प्रदेशका संयोजक सरस्वती शर्माले नेपालगन्जमा रहेको सोनाकरी रेष्टेरेण्टमा प्रदर्शनी सञ्चालन हुने बताइन् । शर्माले प्रदर्शनी कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका महिलाहरुको सहभागिता रहने बताइन् । उनले प्रदर्शनीमा महिलाहरुले उत्पादन गरेका सामाग्रीका लागि ५० स्टल राखिने बताइन् ।

 

‘महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरण र उनीहरुले उत्पादन गरेको सामानहरु बिक्री गराउने उद्देश्यका साथ प्रदर्शनीको अयोजना गरिएको हो,’ शर्माले बताइन् ।

 

महिला उद्यमी संघ, बाँकेकी अध्यक्ष निरुपमा रस्तोगीले प्रदर्शनीमा उपस्थिति जनाएका सबै महिला उद्यमीका लागि निःशुल्क स्टल उपलब्ध गराइने बताइन् । उनले भनिन्, ‘हामीले प्रदर्शनीमा आउने महिलाको स्टल खर्च, खानबस्न र आउने जाने भाडाको व्यवस्था गरेका छौं ।’साभार सेतोखरी

प्रतिक्रिया

सम्बन्धित खवर