बाघ मार्चपास गर्ने बाँकेको पूर्वपश्चिम राजमार्गमा लुटेरा समुह सक्रिय, प्रहरीद्वारा ६ जना पक्राउ
बिहिबार, पुष २२, २०७८ मा प्रकाशित

फरक समाचार , नेपालगन्ज  २२ पुष : बाघ आतंकले त्रसित बनेको बाँकेको पूर्वपश्चिम महेन्द्रराजमार्गमा लुटेरा समुह सक्रिय भएको । बढ्दो बाघ आतंकलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र बाँके राष्ट्रिय निकुञ्जले पूर्वपश्चिम महेन्द्र राजमार्गमा रातीको समयमा आवतजावतमा कडाई गरिरहेका बेला उक्त राजमार्गमा लुटेरा समुह सक्रिय भएको हो ।

 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारीको जंगलमा मंगलबार बेलुका सवारीसाधन रोकी जबरजस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समुहलाई बाँके प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । बाघ आतंकले सुनसान बनेको राजमार्ग त्यसैमा पछिल्लो समय बढेको बाक्लो कुहिरो र शीतलहरको मौका छोपी राजमार्गमा गुड्ने सवारीसाधन लुट्ने प्रयास प्रहरीले असफल गरेकोछ ।

 

मंगलबार बेलुका ७ बजेको समयमा पूर्वपश्चिम महेन्द्र राजमार्ग अगैयाभन्दा पूर्व सिक्टा, गाभरको जङ्गलमा गुड्ने सवारी साधनलाई रोकेर जबरजस्ती पैसा माग्ने ६ जनाको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

दाङ घर बताउने दूर्गा टमटा, सन्तोष पहाडी लगायतका ६ जना युवाको समुहलाई प्रहरीले पक्राउ गरेको अगैया प्रहरी चौकीका ईन्चार्ज खकेन्द्र केसीले बताए ।

अगैया प्रहरी चौकीका ईन्चार्ज केसीका अनुसार उनीहरु अगैया भन्दा पुर्बतिर सिक्टा, गाभर जंगलमा गाडी रोकेर जबरजस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिदै लुटपात गरेका थिए ।

 

सो क्षेत्रको जङ्गलमा लुटेराको समुहले लुटपात गरिरहेको खबर एउटा कार र ट्रकवालाले प्रहरीलाई जानकारी दिएपछि तत्काल अगैया प्रहरी ईन्चार्ज केसीको कमाण्डमा गएको प्रहरीले पक्राउ गरेको हो । राजमार्गमा गुड्ने सवारीसाधन लुटपाट गर्न उक्त लुटेरा समुहले बा. १४ च. ३३०३ नम्बरको कार समेत प्रयोग गरेको छ ।

 

पक्राउ परेका ती लुटेरा समुहलाई थप कारबाहीको लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाईएको प्रहरी ईन्चार्ज केसीले जानकारी दिए । ईन्चार्ज केसीका अनुसार लुटपाटमा संलग्न सबै युवाहरु २४÷२५ वर्ष उमेर समुहका रहेका छन् ।साभार सेतोखरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय